सरकार दलाल पुँजीपति र बिचौलियाको पक्ष पोषण गर्नेगरी अघि बढेको छ : माधव नेपाल

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सरकार दलाल पुँजीपति, बिचौलियालाई पक्ष पोषण गर्नेगरी अघि बढिरहेको आरोप लगाएका छन् । आइतबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
अध्यक्ष नेपालले दलाल पुँजीलाई र बिचौलियालाई पोस्ने काम सरकारले गर्न खोजिरहेको आरोप लगाए । उनले समितिमा विचाराधीन रहेका विधेयकहरू फिर्ता नलिएसम्म अध्यादेश जारी गर्न नपाइने अवस्थालाई मिचेर सरकारले अध्यादेश जारी गरेको बताए । कानुनको रक्षक हुनुपर्ने सरकार आफैँ कानुनको भक्षक बनेको उनको आरोप छ ।
उनले भने, ‘समितिमा विचाराधीन रहेका विधेयकहरू फिर्ता नलिएसम्म अध्यादेश जारी गर्न पाइँदैन । यो कानुनको खुलेआम उल्लंघन गरेर सरकार जसरी अघि बढेको छ । कानुनको रक्षक हुनुपर्ने सरकार आफैँ कानुनको भक्षक बन्न पुगेको छ । संसद्को नियमित अधिवेशनमा कानुनमा सुधार गर्नुछ भने, विधेयक ल्याउनुछ भने त्यसको प्रक्रियाबाट अघि जानुपर्नेमा संसद् नै छलेर, संसद्को बैठक अधिवेशन बोलाउनुपर्ने बेलामा त्यसलाई छलेर जसरी अध्यादेश ल्याउने काम भएको छ ।’
अध्यक्ष नेपालले आफूहरूले विपक्षी दलहरूलाई बोलाएर सरकारको खबरदारी गरेको बताए । उनले आफूहरूले दिएको दबाबबाट आत्तिएर सरकार अधिवेशन बोलाउन बाध्य भएको बताए । दबाबकै कारण संसदमा पेस गरेको अध्यादेशमा तत्काल अघि नबढाइएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भेडापालनलाई प्रवर्द्धन गर्न प्रदेश सरकारले किसानलाई दियो गोठालो भत्ता
-
१२ बजे, १२ समाचार : त्रिवि केन्द्रीय क्याम्पसमा नेविसंघका कार्कीको उम्मेदवारी खारेजदेखि आईजीपी वसन्त कुँवरसहित ९ जनाको अवकाशसम्म
-
सिमरा उपमहानगरका वडाध्यक्ष सुनिल गुप्ता पक्राउ
-
‘हान’लाई मजदुर सङ्गठनको ध्यानाकर्षणपत्र
-
एक महिलाको मृत्यु प्रकरणको अनुसन्धानका लागि चार जना नियन्त्रणमा
-
नेविसंघ नेता दाहालको मर्ने र मार्ने धम्की