सरकार दलाल पुँजीपति र बिचौलियाको पक्ष पोषण गर्नेगरी अघि बढेको छ : माधव नेपाल
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सरकार दलाल पुँजीपति, बिचौलियालाई पक्ष पोषण गर्नेगरी अघि बढिरहेको आरोप लगाएका छन् । आइतबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
अध्यक्ष नेपालले दलाल पुँजीलाई र बिचौलियालाई पोस्ने काम सरकारले गर्न खोजिरहेको आरोप लगाए । उनले समितिमा विचाराधीन रहेका विधेयकहरू फिर्ता नलिएसम्म अध्यादेश जारी गर्न नपाइने अवस्थालाई मिचेर सरकारले अध्यादेश जारी गरेको बताए । कानुनको रक्षक हुनुपर्ने सरकार आफैँ कानुनको भक्षक बनेको उनको आरोप छ ।
उनले भने, ‘समितिमा विचाराधीन रहेका विधेयकहरू फिर्ता नलिएसम्म अध्यादेश जारी गर्न पाइँदैन । यो कानुनको खुलेआम उल्लंघन गरेर सरकार जसरी अघि बढेको छ । कानुनको रक्षक हुनुपर्ने सरकार आफैँ कानुनको भक्षक बन्न पुगेको छ । संसद्को नियमित अधिवेशनमा कानुनमा सुधार गर्नुछ भने, विधेयक ल्याउनुछ भने त्यसको प्रक्रियाबाट अघि जानुपर्नेमा संसद् नै छलेर, संसद्को बैठक अधिवेशन बोलाउनुपर्ने बेलामा त्यसलाई छलेर जसरी अध्यादेश ल्याउने काम भएको छ ।’
अध्यक्ष नेपालले आफूहरूले विपक्षी दलहरूलाई बोलाएर सरकारको खबरदारी गरेको बताए । उनले आफूहरूले दिएको दबाबबाट आत्तिएर सरकार अधिवेशन बोलाउन बाध्य भएको बताए । दबाबकै कारण संसदमा पेस गरेको अध्यादेशमा तत्काल अघि नबढाइएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाभित्र खटपट र मन्त्री फेर्ने ‘हाउगुजी’का बिच ‘एक्सप्रेस–वे’को गाडीमा बालेनको ब्रेक !
-
इरानमा अमेरिकी आक्रमण, ४ जनाको मृत्यु
-
फ्रान्समा १५ वर्ष मुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध
-
विवेक मण्डलका परिवारलाई गगन थापाद्वारा १ लाख सहयोग
-
सुनचाँदीको मूल्य घट्यो : कतिमा हुँदैछ कारोबार ?
-
लालसागरमा आक्रमण दोहोरिए कडा सैन्य सजाय दिने ट्रम्पको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण