गाजाबारे ट्रम्पको प्रस्तावमा जुट्ला त सहमति ?
तेल अभिभ । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले आइतबारदेखि पश्चिम एसियाको भ्रमण सुरु गर्दैछन्। यस भ्रमणमा मार्को रुबियोले गाजामा राष्ट्रपति ट्रम्पको प्रस्तावमा सहमति निर्माण गर्ने प्रयास गर्ने बताइएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै गाजा पट्टीको नियन्त्रण अमेरिकालाई दिनुपर्ने र अमेरिकाले त्यहाँ पुनर्निर्माण गर्ने सुझाव दिएका थिए। ट्रम्पले अरब देशहरूलाई गाजाबाट विस्थापित मानिसहरूलाई उनीहरूको देशमा बसोबास गर्न पनि आग्रह गरेका छन्। इजरायली प्रधानमन्त्रीले ट्रम्पको प्रस्तावलाई स्वागत गरे, तर अरब देशहरूले यसलाई अस्वीकार गरे।
मार्को रुबियोले गत हप्ता एक अन्तर्वार्तामा ट्रम्पको प्रस्तावको उद्देश्य अरब देशहरूलाई गाजामा शान्ति ल्याउने र इजरायललाई स्वीकार्य हुने योजना ल्याउन दबाब दिनु भएको बताएका थिए ।
रुबियोले गाजामा हमासको कुनै भूमिका नहुने बताए। उनले हमासलाई निर्मूल पार्न गाजामा सेना पठाउन अरब देशहरूलाई पनि आह्वान गरे। तर उनले गाजामा अमेरिकी सेना पठाउन अस्वीकार गरे।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुसी जोखिमबिच युक्रेनले सीमा बलियो बनाउँदै
-
अनशनरत डा. गोविन्द केसी सेती प्रादेशिक अस्पताल भर्ना, आईसीयूमा राखेर उपचार सुरु
-
पत्रकार किलम्बूलाई ‘हरिलाल–श्रीलक्ष्मी स्मृति पत्रकारिता पुरस्कार’
-
अवरुद्ध कालीगण्डकी करिडोर सञ्चालन
-
प्रिमियर लिगमा चम्किन तयार १० युवा प्रतिभा
-
डा. गोविन्द केसीको स्वास्थ्यमा समस्या, अनशन स्थलमा स्थानीयको प्रदर्शन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण