२२ वर्षमा १ लाख १८ हजार किलोमिटर सडक निर्माण
आइतबार, ०४ फागुन २०८१, १८ : ४६
काठमाडौँ । सरकारले २२ वर्षमा १ लाख १८ हजार किलोमिटर सडक निर्माण गरेको छ । आर्थिक वर्ष २०८०/८१ को तथ्यांकअनुसार देशमा सडक सञ्जालको कुल लम्बाई १ लाख ३४ हजार २६७ किलोमिटर पुगेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ ।
यसमध्ये रणनीतिक सडक सञ्जालको कुल लम्बाई ३४ हजार २६७ किलोमिटर पुगेको छ भने स्थानीय सडक सञ्जालसमेत करिब १ लाख किलोमिटर निर्माण भएको छ ।
कुल रणनीतिक सडकमध्ये १८ हजार २४१ किलोमिटर सडक कालोपत्र ७ हजार ६९७ किलोमिटर ग्राभेल तथा ८ हजार ३२६ किलोमिटर माटे सडक रहेको छ ।
२०५८ मा १५ हजार ३०८ किलोमिटर सडक निर्माण भएको थियो । जसमध्ये ४ हजार ५२२ किलोमिटर सडक कालोपत्र भएको थियो भने ३ हजार ६४६ किलोमिटर ग्राभेल र ७ हजार १४१ किलोमिटर सडक माटे रहेका थिए । तत्कालीन ७५ जिल्लामध्ये ६० जिल्लामा सडक पहुँच पुगेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्ट्रेट अफ होर्मुजमा प्रहार भएको जहाज चालकदलले छाडे
-
इरान युद्ध: दुई सातामा करिब १०० अमेरिकी सैनिक घाइते
-
नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीसँग छलफल गर्दै प्रधानमन्त्री
-
भक्तपुरमा गेस्टहाउसबाट खसेर किशोरीको मृत्यु भएको घटनाबारे प्रहरीले अनुसन्धान गर्दै
-
उच्च अदालत विराटनगरले तीन हजार ५८ मुद्दा फैसला गर्न सकेन
-
किन फरक छ दिल्लीको विद्यार्थी आन्दोलन ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण