२२ वर्षमा १ लाख १८ हजार किलोमिटर सडक निर्माण
आइतबार, ०४ फागुन २०८१, १८ : ४६

काठमाडौँ । सरकारले २२ वर्षमा १ लाख १८ हजार किलोमिटर सडक निर्माण गरेको छ । आर्थिक वर्ष २०८०/८१ को तथ्यांकअनुसार देशमा सडक सञ्जालको कुल लम्बाई १ लाख ३४ हजार २६७ किलोमिटर पुगेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ ।
यसमध्ये रणनीतिक सडक सञ्जालको कुल लम्बाई ३४ हजार २६७ किलोमिटर पुगेको छ भने स्थानीय सडक सञ्जालसमेत करिब १ लाख किलोमिटर निर्माण भएको छ ।
कुल रणनीतिक सडकमध्ये १८ हजार २४१ किलोमिटर सडक कालोपत्र ७ हजार ६९७ किलोमिटर ग्राभेल तथा ८ हजार ३२६ किलोमिटर माटे सडक रहेको छ ।
२०५८ मा १५ हजार ३०८ किलोमिटर सडक निर्माण भएको थियो । जसमध्ये ४ हजार ५२२ किलोमिटर सडक कालोपत्र भएको थियो भने ३ हजार ६४६ किलोमिटर ग्राभेल र ७ हजार १४१ किलोमिटर सडक माटे रहेका थिए । तत्कालीन ७५ जिल्लामध्ये ६० जिल्लामा सडक पहुँच पुगेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्कटल्याण्डविरुद्ध नेपालको जित
-
सरकारले संविधान संशोधनमा ढिलाइ गर्नुहुँदैन: प्रवक्ता डा. महत
-
प्रधानमन्त्री र एमआइटीका अनुसन्धानकर्ता मिङ्मार शेर्पाबिच भेटवार्ता
-
प्रधानमन्त्री ओली र पूर्व राष्ट्रपति भण्डारीबिच भेटवार्ता, के भयो कुराकानी ?
-
१० बजे १० समाचार : रवीन्द्र पनि छुटे, धरानमा तनाव
-
तीन ठूला दलप्रति डा.भट्टराईको कटाक्ष : ‘गोरूबाट दूधको आश’ नगरौँ