स्रोत नखुलेको रुपैयाँसहित भारतीय नागरिक पक्राउ
आइतबार, ०४ फागुन २०८१, १९ : ४५
वीरगन्ज । पर्सा प्रहरीले स्रोत नखुलेको रकमसहित एक जनालाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जाँच गर्दा प्रहरीले भारतीय नागरिकलाई वीरगन्जको लिङ्क रोडबाट पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा भारतीय नागरिक नेहाल कुमार रहेका छन् । उनको साथबाट स्रोत नखुलेको १० लाख रुपैयाँ बरामद गरेको पर्सा प्रहरी प्रमुख गौतम मिश्रले बताए ।
जाँच गर्दा स्रोत खुल्न नसकेपछि भारतीय नागरिकलाई पक्राउ गरिएको पर्सा प्रहरीले जानकारी दिएको छ ।
पक्राउ परेका कुमारलाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्र बैंकद्वारा निष्क्रिय खाता कार्ययोजना बनाई न्यूनीकरण गर्न निर्देशन
-
घर-घर लिपस्टिक बेच्ने केटो कसरी बने बलिउडका ‘सर्किट’ ?
-
त्रिभुवन विमानस्थलमा निर्माण आयोजनाको लापरबाहीले उडान सुरक्षामाथि खतरा
-
अर्को आगो नबलोस्
-
मिसन– २०२६ का खेलाडी र प्रशिक्षकलाई खेल पोसाक वितरण
-
बालेन सरकारको कामप्रति ‘कमन जेन–जी नेपाल’ को असन्तुष्टि, आन्दोलनको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण