हेटौँडा मातातीर्थ सडक चैत २१ सम्म बन्द
सोमबार, ०५ फागुन २०८१, ०७ : २१
हेटौँडा । हेटौँडा हुँदै काठमाडौँ जोड्ने छोटो दूरीको देउराली फाखेल मातातीर्थ सडक करिब डेढ महिना बन्द हुने भएको छ । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका अन्तर्गत पर्ने उक्त सडक मर्मतका लागि बन्द गरिने भएको हो ।
इन्द्रसरोवर गाउँपालिका वडा नम्बर ५ ले एक सूचना प्रकाशित गर्दै देउराली मातातीर्थ खण्डमा निर्माण र स्तरोन्नति गर्नुपर्ने भएकाले उक्त सडक खण्डमा फागुन ४ गतेदेखि चैत २१ गते सम्म सवारी आवागमनमा बन्द हुने जानकारी दिएको छ । उक्त मार्ग बन्द रहने भन्दै वैकल्पिक मार्ग अपनाउन समेत वडा कार्यालयले आग्रह गरेको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण