प्रधानमन्त्री ओलीले लुम्बिनी प्रदेशसभाको बैठकलाई सम्बोधन गर्ने
सोमबार, ०५ फागुन २०८१, १३ : १४
बुटवल । प्रधानमन्त्री केपी शर्मा ओली लुम्बिनी प्रदेशसभाको बैठकलाई सम्बोधन गर्न दाङको देउखुरी आएका छन् । सोमबार बिहान मुख्यमन्त्री चेतनारायण आचार्यले प्रधानमन्त्री ओलीलाई स्वागत गरेका हुन् ।
नेपाली सेनाको एनए ०६७ हेलिकप्टर मार्फत प्रधानमन्त्री ओली देउखुरी आएका हुन् । आज बस्ने प्रदेश सभा बैठकलाई प्रधानमन्त्री ओलीले विशेष सम्बोधन गर्नेछन् ।
लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीमगरले मुख्यमन्त्री चेतनारायण आचार्यमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई विशेष सम्वोधनका लागि निमन्त्रणा गरेका थिए। लुम्बिनी प्रदेशसभा नियमावली, २०७९ को नियम २२० को उपनियम ९२० बमोजिम प्रधानमन्त्रीलाई निमन्त्रणा गरिएको जनाइएको छ। यसअघि २०७५ साल वैशाख १६ गते तत्कालीन पाँच नम्बर प्रदेशसभाको बैठकलाई पनि प्रधानमन्त्री ओलीले विशेष सम्बोधन गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतारले उपहार दिएको बोइङ विमान अब ‘एयर फोर्स वान’, राष्ट्रपति ट्रम्पद्वारा सार्वजनिक
-
हैटीलाई ३–० ले पराजित गर्दै ब्राजिलद्वारा पहिलो जित दर्ता
-
अम्बानीको जियोले ल्याउँदैछ भारतको इतिहासकै ठुलो आईपीओ
-
उखु र बेसारखेतीको व्यावसायिक प्रवर्द्धनमा विनयी त्रिवेणी गाउँपालिका
-
कृषि उत्पादनमा जोडिँदै महिला सहकारी
-
बस र ट्रक ठोक्किँदा एक महिलाको मृत्यु, तीन जना घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण