सूर्य थापाको आक्रोश : पत्रकारले प्रधानमन्त्रीलाई ‘तपाईँ हिटलर हो भनेर सोधे’
काठमाडौँ । प्रतिनिधिसभा सदस्य सूर्य थापाले पत्रकारले जथाभावी प्रश्न सोधेको भन्दै आक्रोश पोखेका छन् । सोमबार बसेको प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै उनले मिडिया व्यवस्थापन संसदको कस्तो छवि बनाउने भन्ने विषयसँग अभिन्न रुपमा जोडिएको बताए ।
‘सांसदहरुलाई कस्तो प्रश्न सोध्ने ? ती प्रश्न कानुन बमोजिम हुनुपर्छ कि पर्दैन ? ती प्रश्नमा गाली गलौज या पेड मिडियाको भूमिका खेल्नेगरी कसैद्वारा परिचालित ढंगले आरोपित ढंगले प्रश्न गर्न पाइन्छ कि पाइँदैन ?’ उनले प्रश्न गरे ।
आइतबार संसदबाट बाहिरिने क्रममा प्रधानमन्त्रीलाई लक्षित गरेर सोधिएको प्रश्नप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको उनले बताए । ‘ प्रम प्रश्नोत्तर कार्यक्रमबाट बाहिरिँदा तपाईं हिटलर हो भनेर प्रश्न गरियो । नेपालको संसदले बनाएको प्रधानमन्त्री हिटलर हुन्छ सभामुख महोदय ?’, उनले भने ।
संसद सचिवालयको अनुमतिले रिपोर्टिङमा आएका मिडियाले संविधान, कानुन, पत्रकार आचारसंहिता, सामाजिक शिष्टाचारलाई ध्यान नदिई यस्ता गैरजिम्मेवार प्रश्न सोध्न मिल्छ कि मिल्दैन ? भनेर उनले प्रश्न गरे ।
उनले आफूलाई पनि एकजना मिडियाकर्मीले बुम तेर्स्याएर ‘तपाईं हनुमान हो’ भनेर प्रश्न गरेको थापाले बताए । ‘सांसदहरुलाई यस्ता प्रश्न गर्न पाइन्छ कि पाइँदैन ? म यो गम्भीरतापूर्वक ध्यानाकर्षण गर्न चाहान्छु’, उनले भने ।
उनले संसदमा प्रश्नोत्तरका क्रममा आजपाका सांसद प्रभु साहले प्रधानमन्त्रीलाई अधिकारको दुरुपयोग गरेर प्रश्न गरेको समेत बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेचीनगरको दिसाजन्य लेदो प्रशोधन केन्द्र पूर्ण क्षमतामा चल्न सकेन
-
भारतीय चर्चित गायक सानले नेपालमा साङ्गीतिक प्रस्तुति दिने
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण