नेपाल सुपर लिग फुटबल : आयुष घलानलाई पोखरा थन्डर्सको कप्तानको जिम्मेवारी
काठमाडौँ । फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल)को आगामी संस्करणमा पोखरा थन्डर्सले प्रभावशाली खेलाडी आयुष घलानलाई कप्तानको जिम्मेवारी दिएको छ । अघिल्लो सिजन पोखराका लागि उत्कृष्ट प्रदर्शन गरेका आयुषले यो सिजन कप्तानको जिम्मेवारी पाएका हुन् ।
आयुष एनएसएलको पहिलो सिजनमा ट्यालेन्ट हन्टमार्फत पोखरामा अनुबन्ध भएका थिए । दोस्रो सिजनमा उनी पोखराको मार्की खेलाडी रहेका थिए । पोखराका अध्यक्ष तथा निर्देशक जामलिङ घलेले तेस्रो संस्करणका लागि उनलाई कप्तानको जिम्मेवारी सुम्पेका हुन् ।
आयुषले कप्तानको जिम्मेवारी पाउँदा खुसी लागेको बताएका छन् । ‘मलाई विश्वास गरेर कप्तानको जिम्मेवारी दिएकोमा पोखरा थन्डर्सलाई धन्यवाद दिन चाहन्छु । पोखरालाई सफलता दिलाउन भरपुर परिश्रम गर्नेछु,’ आयुषले भने ।
आयुषले अघिल्लो सिजन पोखराबाट खेल्दै दुई गोल गरेका थिए । पोखरा थन्डर्सले यसअघि नै आफ्नो प्रशिक्षकमा सुमन श्रेष्ठलाई नियुक्त गरिसकेको छ । पोखरा थन्डर्सले आफ्नो मार्की खेलाडी भने मंगलबार सार्वजनिक गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा ५ अर्बको मदिरा भित्रियो
-
सरकारको मिडिया नीतिको विरोध गर्दै पत्रकार महासंघद्वारा माइतीघरमा प्रदर्शन
-
कारागारबाट फरार एक जना पक्राउ
-
दिल्लीमा प्रदर्शनकारीमाथि भएको प्रहरी दमनको काठमाडौँबाट निन्दा
-
‘सिकाइका नाममा श्रम शोषण बन्द गर’
-
राष्ट्रिय किताबखानाको कार्यक्षेत्र विस्तार : प्रहरी र शिक्षक किताबखाना शाखाका रूपमा गाभिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण