बैठकमै वडाध्यक्षले गरे शिक्षा प्रमुखमाथि हातपात
सोमबार, ०५ फागुन २०८१, १६ : ३४
बुटवल । रुपन्देहीको रोहिणी गाउँपालिकाको कार्यपालिका बैठकमै वडाध्यक्षले शिक्षा शाखा प्रमुखमाथि हातपात गरेका छन् । शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख मधुप्रसाद घिमिरेमाथि वडा नं २ का अध्यक्ष करम हुसेन खानले हातपात गरेका हुन् ।
घिमिरेमाथि हातपात भएको कर्मचारीहरूको भनाइ छ । गाउँपालिकामा कार्यरत कर्मचारीहरूले विज्ञप्ति जारी गर्दै दोषीमाथि कारबाही नहुँदासम्म काममा नफर्कने समेत अडान लिएका छन् ।
रोहिणी गाउँपालिका रुपन्देहीको कार्यालयमा कार्यपालिका बैठक सञ्चालन भइरहेको अवस्थामा घिमिरेमाथि हातपात भएको जनाइएको छ ।
घिमिरेले वडाध्यक्ष खानले हातपात गरेको आरोप लगाएका छन् । यता वडाध्यक्ष खानसँग रातोपाटीले सम्पर्क गर्न खोज्दा मोबाइल फोन अफ रहेको थियो । घटनालाई लिएर कर्मचारीहरूले अहिले सेवाग्राहीको कामकाज अवरुद्ध पारेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्तरपश्चिम पाकिस्तानको बन्नुमा दुई विस्फोट : ७ जनाको मृत्यु, ३ जना घाइते
-
लामिन यामाल भन्छन्: ‘अहिले नै पूरा ९० मिनेट खेल्न हतार हुन्छ’
-
सीटीइभीटीको उपाध्यक्षका लागि २५ जनाकाे उम्मेदवारी
-
एलिनाको जन्मदिनमा प्रतापको सन्देश :‘तिमी मैले भेटेको सबैभन्दा अद्भुत व्यक्ति हौ’
-
रास्वपा महाधिवेशनमा नेकपाबाट वर्षमान पुन जाने
-
जब म चुँडिएँ...
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण