सामान्य प्रशासन मन्त्रालयले ७१ उपसचिव सरुवा गर्दा ६ जनालाई राख्यो जगेडामा
काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आइतबार ७१ उपसचिवको सरुवा गर्यो । सरुवा गरिएका मध्य ६ जनालाई मन्त्रालयले अतिरिक्त समूह (जगेडा) मा राखेको छ ।
मन्त्रालयको कर्मचारी प्रशासन महाशाखाले आइतबार बढुवा भएर जिम्मेवारी नपाएका ३९ जना र समयावधि पुगेका ३२ जनाको सरुवा गरेको हो । सरुवा गर्दा ६ जनालाई जगेडामा राखिएको हो ।
सरुवाको सूचीमा उल्लेख भएअनुसार त्रियुगा नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत विष्णुभक्त सिग्देललाई सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा गरी अतिरिक्त समूहमा राखिएको छ । जिल्ला समन्वय समिति काभ्रेका जिल्ला समन्वय अधिकारी कृष्ण व्यान्जुलाई मन्त्रालयमा सरुवा गरी जगेडामा राखिएको छ ।
गृह मन्त्रालयबाट सरुवा गरिएका शम्भुप्रसाद रेग्मी, भीमकान्त पौडेल र गृह मन्त्रालय अन्तर्गतकै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा कार्यरत डा.डिजन भट्टराईलाई पनि मन्त्रालयमा सरुवा गर्दै अतिरिक्त समूहमा राखिएको छ ।
त्यस्तै हरिवन नगरपालिका सर्लाहीका प्रमुख प्रशासकीय अधिकृत ओमप्रकाश महतोलाई पनि मन्त्रालयमा सरुवा गर्दै अतिरिक्त समूहमा राखिएको छ । कर्मचारीलाई अतिरिक्त समूहमा राख्नु भनेको काम गर्ने अधिकार नदिई मासिक पारिश्रमिक दिने हो । केहीलाई भने विभिन्न आरोप लागेमा पनि अतिरिक्त समूहमा राख्ने गरिन्छ ।
उपसचिव तहका कर्मचारीलाई सरुवा गर्दा किन अतिरिक्त समूहमा राखियो भन्ने प्रश्नमा मन्त्रालयका सूचना अधिकारी उपसचिव भूपेन्द्र सापकोटाले आफूलाई यसबारे जानकारी नहुने भन्दै कर्मचारी प्रशासन महाशाखा प्रमुख सहसचिव कमल रिजाललाई वा कर्मचारी प्रशासन शाखा प्रमुख उपसचिव कमल भट्टराईलाई सोध्न आग्रह गरे ।
‘यसबारे मलाई जानकारी हुँदैन । मलाई सूचना मागेको विषय मात्रै थाहा हुन्छ । सम्बन्धित महाशाखा प्रमुखलाई सोध्नुस्,’ सूचना अधिकारी सापकोटाले रातोपाटीसँग भने । यसबारे जानकारी लिने प्रयास गर्दा सहसचिव रिजाल र उपसचिव भट्टराई सम्पर्कमा आएनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ईपीजी प्रतिवेदनप्रति परराष्ट्रमन्त्रीले चासो देखाए, बुझे दराजको चाबी
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण