स्थानीय तह कार्यसम्पादन मूल्याङ्कन : सर्लाहीमा ईश्वरपुर नगरपालिका पहिलो
सर्लाही । सर्लाही जिल्लाका २० स्थानीय तहमध्ये कार्यसम्पादन मूल्याङ्कनमा ईश्वरपुर नगरपालिकाले शीर्ष स्थान हासिल गरेको छ। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आगामी आर्थिक वर्ष २०८२–८३ का लागि वित्तीय समानीकरण अनुदान सिफारिस गर्न सार्वजनिक गरेको मूल्याङ्कनमा ईश्वरपुरले १०० मध्ये ५६.३ अंक प्राप्त गर्दै जिल्लामा पहिलो स्थान सुरक्षित गरेको हो।
पर्सा गाउँपालिका ५५.८ अंकसहित दोस्रो, लालबन्दी नगरपालिका ५५.१ अंकसहित तेस्रो, तथा रामनगर गाउँपालिका ५२.६ अंकसहित चौथो स्थानमा रहेको छ। यस्तै, बलरा नगरपालिका ३४.५ अंक प्राप्त गर्दै कार्यसम्पादनमा सबैभन्दा कमजोर देखिएको छ।
आयोगले १७ वटा सूचकका आधारमा मूल्याङ्कन गरेको थियो, जसमा बजेट पेश तथा पारित गर्ने समयसीमा, खर्च अवस्था, बेरुजु, लेखा परीक्षण प्रतिवेदन, स्थानीय सञ्चित कोषको प्रयोग, आवधिक योजना र राजस्व विभाजनजस्ता महत्वपूर्ण मापदण्डहरू समावेश छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण