बोलिभियामा बस दुर्घटना हुँदा ३० जनाको मृत्यु
मङ्गलबार, ०६ फागुन २०८१, ११ : २८
दुर्घटना । बोलिभियामा एउटा बस दुर्घटना हुँदा ३० जना मानिसको मृत्यु भएको छ । चालकले नियन्त्रण गुमाउँदा दक्षिण पश्चिमी जिल्ला योकल्लामा ८०० मिटर तल बस खसेको स्थानीय प्रहरीले बताएका छन् ।
यस घटनामा १४ जना घाइते भएको बताइएको छ । घाइते हुनेमा चार जना बालबालिका पनि भएको स्थानीय अस्पतालका एक अधिकारीले भनेका थिए ।
घाइतेमध्ये कयौँको अवस्था गम्भीर रहेको बताइएको छ । दुर्घटना पोतोसी र ओरुरो सहरको बिचमा भएको हो । तीव्र गतिका कारण दुर्घटना भएको हुन सक्ने अधिकारीहरूको भनाइ छ ।
यो दक्षिण बोलिभियामा यो वर्षको अहिलेसम्मकै गम्भीर सडक दुर्घटना भएको बताइएको छ । बोलिभियामा सडक दुर्घटना आम घटना हुन् । गएको महिना पोतोसी नजिक भएको अर्को सडक दुर्घटनामा १९ जनाको मृत्यु भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेनजी सहिद स्मारकको काम अलपत्र
-
ट्राफिक प्रहरीद्वारा एकै दिन साढे १० लाख राजस्व दाखिला
-
ट्रम्पद्वारा ‘रणनीतिक जित’ को दाबी, तर सम्झौताका सर्तबारे प्रश्नैप्रश्न
-
नेकपामा चुलियो असन्तुष्टि : प्रचण्ड–माधवले नेतृत्व गर्न सक्दैनन् !
-
पहिलो हाफमा ट्युनिसियाविरुद्ध स्विडेनको अग्रता
-
अधिक ज्येष्ठ कृष्ण आमावास्या : नबोली स्नान गरी मनाइयो सोमबारे औँसी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण