६१ प्रतिशत सेयरको मूल्य घट्दा पनि दोहोरो अंकले बढ्यो बजार, कारोबार १० अर्ब माथि
काठमाडौँ । नेप्से परिसूचक लगातार तेस्रो दिन बढेको छ । साताको तेस्रो दिन मंगलबार बजार परिसूचक ११.९२ अंकले बढेको हो । योसँगै बजार परिसूचक २७३९.८२ अंकमा पुगेको छ ।
परिसूचक बढेसँगै आज कारोबार रकम समेत बढेको छ । बजारमा आज १० अर्ब ४३ करोड रुपैयाँ बराबरको शेयर कारोबार भयो । सोमबार पनि कारोबार १० अर्ब नाघेको थियो ।
बजारमा आज १४९ कम्पनीको मूल्य घटेको छ । ८७ कम्पनीको मूल्य बढ्दा ८ कम्पनीको मूल्य स्थिर रहेको छ । अधिकांश कम्पनीको मूल्य घट्दा पनि आज बजार परिसूचक भने बढेको देखिएको छ । घटेको कम्पनी कुल संख्याको ६१ प्रतिशत हो । अधिकांश कम्पनीको मूल्य घट्दा पनि आज बजार बढेको छ ।
आज चार कम्पनीहरू विन नेपाल, गुराँस लघुवित्त, इमर्जिङ नेपाल, गार्डियन माइक्रो इन्स्योरेन्सको शेयरमूल्यमा सकारात्मक सर्किट लाग्दा सप्तकोशी डेभलपमेन्ट बैंक र कुमारी बैंकको डिवेञ्चरमा नकारात्मक सर्किट लागेको छ ।
बजारमा आज कारोबार रकम, कारोबार संख्या र कारोबार भएको शेयर संख्या तीनवटाकै आधारमा हिमालयन रिइन्स्योरेन्स अगाडि देखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आयुर्वेदिक सिल्भर वार्म थेरापी तेलको डुप्लिकेट उत्पादन बेचेको आरोपमा ५ जना पक्राउ
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण