सट्टेबाजी गराएको आरोपमा बुढानीलकण्ठबाट ४ जना भारतीय नागरिकहरू पक्राउ
मङ्गलबार, ०६ फागुन २०८१, १९ : ०८
काठमाडौँ । अनलाइन सट्टेबाजी गराएको आरोपमा प्रहरीले बुढानीलकण्ठबाट ४ जना भारतीय नागरिकहरूलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा उत्तर प्रदेश घर भएका २२ वर्षीय एमडी आरिफ हुसेन, ४२ वर्षीय अब्दुल कलाम, २५ वर्षीय मविसेक मदेसिया र ४० वर्षीय ईरफान पठान छन् ।
आरोपीहरूले २ अर्बभन्दा बढीको कारोबार गरेको भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिलराज बोहराले रातोपाटीलाई बताए ।
उपत्यका अपराध अनुसन्धान कार्यालयले पनि गएराति बुढानीलकण्ठबाट २४ जनालाई पक्राउ गरेको थियो । आरोपीहरुविरुद्ध प्रहरीले सट्टेबाजी गराउनु नहुने कसुरमा म्याद लिएर अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्र बैंकद्वारा निष्क्रिय खाता कार्ययोजना बनाई न्यूनीकरण गर्न निर्देशन
-
घर-घर लिपस्टिक बेच्ने केटो कसरी बने बलिउडका ‘सर्किट’ ?
-
त्रिभुवन विमानस्थलमा निर्माण आयोजनाको लापरबाहीले उडान सुरक्षामाथि खतरा
-
अर्को आगो नबलोस्
-
मिसन– २०२६ का खेलाडी र प्रशिक्षकलाई खेल पोसाक वितरण
-
बालेन सरकारको कामप्रति ‘कमन जेन–जी नेपाल’ को असन्तुष्टि, आन्दोलनको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण