निरूको नयाँ गीत ‘तिमी आँखा म नानी’ रिलिज
बुधबार, ०७ फागुन २०८१, ०९ : १२
काठमाडौँ । निर्मला घिमिरे ‘निरु’को स्वरमा ‘तिमी आँखा म नानी’ बोलको गीत रिलिज भएको छ। सार्वजनिक गीतमा डाक्टर किराँतको संगीतमा तयार भएको भने शब्द रचना शुभ मुकारूङले गरेका हुन् ।
सार्वजनिक गीतले महिला तथा पुरुषलाई आँखा तथा नानीसँग तुलना गर्दै दुबै जना एकअर्काको परिपूरक रहेको भाव व्यक्त गर्दछ । सागर संसारले संगीत संयोजन, मिक्सिङ तथा मास्टरिङ गरेको गीतको भिडियो बाबुराम निरौलाको निर्देशनमा तयार पारिएको हो ।
भिडियोमा झरना रिसाल तथा रमेश चन्दको अभिनय रहेको छ । शिव ढकालको छायाङ्कन गरेको भिडियोलाई राम प्रसाद चौधरीले सम्पादन गरेका हुन् ।
रङ्ग एन पौडेल तथा निर्मला घिमिरे निर्माता रहेको भिडियोमा रुमेश कटवाल कार्यकारी निर्माता रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
८ हजार महिलाले भरतपुर अस्पतालबाट लिए सुत्केरी सेवा
-
सिरियामा दुई बस एकआपसमा ठोक्किँदा ३५ जनाको मृत्यु, ३० घाइते
-
रूपन्देहीमा आर्थिक अपराध एवं घरेलु हिंसाका घटना उच्च
-
मदनकृष्ण श्रेष्ठसहित पाँच स्रष्टालाई ‘छिन्नलता गीत पुरस्कार’
-
माछाका भुरा तथा खाने माछा बिक्रीबाट राजस्व वृद्धि
-
भारतबाट ल्याउँदै गरेको खैरो हेरोइनसहित युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण