गुजरात जायन्ट्सलाई हराउँदै दोस्रो स्थानमा उक्लियो मुम्बई इन्डियन्स
काठमाडौँ । भारतमा जारी महिला प्रिमियर लिग क्रिकेट प्रतियोगिताको आफ्नो दोस्रो खेलमा मुम्बई इन्डियन्सले जित हात पारेको छ । मुम्बई इन्डियन्सले मंगलबार राति सम्पन्न खेलमा बलियो प्रतिद्वन्द्वी गुजरात जायन्ट्सलाई पाँच विकेटले हराएको हो ।
जितसँगै मुम्बई इन्डियन्स अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । हारपछि गुजरात जायन्ट्स भने तेस्रो स्थानमा खस्किएको छ । दुई खेलबाट चार अंक जोडेको रोयल च्यालेन्जर्स बेंगलुरु तालिकाको पहिलो स्थानमा आसिन छ ।
दुई खेलबाट दुई अंक हात पारेको मुम्बई इन्डियन्स दोस्रो स्थानमा आसिन छ । तीन खेलबाट दुई अंक बटुलेको गुजरात जायन्ट्स तेस्रो र दुई खेलबाट दुई अंक कुम्ल्याएको दिल्ली क्यापिटल्स चौथो स्थानमा छन् । एक खेल खेलेको यूपी वारियर्सले भने अंक बटुल्न सकेको छैन ।
टस हारी पहिले ब्याटिङको निम्तो पाएको गुजरात जायन्ट्सले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर एक सय २० रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको मुम्बई इन्डियन्सले १६।१ ओभरमा पाँच विकेट गुमाएर एक सय २२ रन बनाउँदै विजयलक्ष्य पार गर्यो ।
मुम्बई इन्डियन्सको जितमा नट ब्रन्टले अर्धशतकीय पाली खेलिन् । उनले टोलीका लागि ५७ रनको योगदान गरिन् । यस क्रममा उनले केवल ३९ बलको सामना गरी ११ वटा चौका पनि हिर्काइन् । एमिलिया केरले पनि टोलीको खातामा १९ रन थपिन् ।
ओपनर हायली म्याथ्यूजले १७ र सजिवन सजनाले अविजित १० रन बनाइन् । गुजरात जायन्ट्सका बलर प्रिया मिश्रा र कसवी गौतमले दुई–दुई विकेट लिए । त्यसअघि, गुजरात जायन्ट्सका लागि हर्लिन देवलले सर्वाधिक ३२ रन बनाएकी थिइन् ।
कसवी गौतमले पनि टोलीको खातामा २० रन थपिन् । गुजरात जायन्ट्सका अन्य ब्याटरको प्रदर्शन भने सन्तोषजनक रहेन । मुम्बई इन्डियन्सकी बलर हायली म्याथ्यूजले तीन विकेट लिइन् । उनी प्लेयर अफ दि म्याच पनि घोषित भइन् । नट ब्रन्ट र एमिलिया केरले पनि दुई–दुई विकेट हात पारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
योजना आयोगलाई सांसदको प्रश्न : गौरवका आयोजनाको कमजोर प्रगतिको जिम्मा आयोगले लिन्छ ?
-
नक्कली भुटानी शरणार्थी प्रकरण : सजाय निर्धारणका लागि आज पेसी
-
गौरवका आयोजनाहरूको लागत वृद्धि प्रति सांसद जगदीश खरेलको आपत्ति
-
‘अपर तामाकोशीको लागत कसरी बढ्यो, छानबिन समिति गठन गरौं’
-
उत्कर्ष र विचलनबाट हेर्दा नेपालको कम्युनिस्ट आन्दोलन
-
विश्वकपमा रमाइरहेको देश, तर दशरथ रंगशाला भने दयनीय अवस्थामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण