युक्रेनमा युद्ध सकिए पनि शान्ति स्थापनार्थ बेलायती सेना जान सक्ने
लन्डन । सरकारको अनुरोधमा युक्रेनमा तैनाथ हुन तयार रहेको बेलायती सेनाले बताएको छ । यसै हप्ता २ हजार ५०० बेलायती सेनाले रोमानियामा उत्तर एट्लान्टिक सन्धि संगठन (नेटो) को अभ्यासमा सहभागी हुँदै छन् । यो युक्रेनी सीमाबाट केवल २५ किलोमिटर टाढा छ ।
ब्रिगेडियर एन्डी वाटसनको पर्यवेक्षणमा बेलायती सेनाले नेटो अभ्यासमा भाग लिइरहेको छ । युक्रेनमा सेना तैनाथ गर्ने आदेश प्राप्त भयो भने आफ्नो ब्रिगेड पूर्ण रूपमा तयार रहेको पनि उनले बताए ।
बेलायती प्रधानमन्त्री केयर स्टार्मरले केही दिन अघि मात्रै युक्रेनमा युद्धविराम भयो भने युक्रेनको रक्षा गर्न बेलायती सेना पठाउन आफू तयार रहेको बताएका थिए । युक्रेनमा जारी युद्ध अन्त्य गर्न मंगलबार अमेरिकी विदेशमन्त्री मार्काे रुबियो र रुसी विदेशमन्त्री सर्गेई लाभरोभले साउदी अरेबियामा शान्ति वार्ता गरेका थिए ।
यस वार्तामा युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीलाई बोलाइएको थिएन । रूसबाट आउने खतरालाई ध्यानमा राख्दै युरोपले आफ्नो सुरक्षाको लागि आफ्नै सेना बनाउनुपर्ने हालै जेलेन्स्कीले भनेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
-
‘पुष्पलाल इतिहासका पानामा सीमित नाम होइनन्, राजनीतिक चेतनाको दियो हुन्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण