‘वर्णन’ मा शान्तकुमार र विमलाको अभिनय
बुधबार, ०७ फागुन २०८१, १२ : ४८
काठमाडौँ । रंगकर्मी शान्तकुमार राई अभिनीत ‘वर्णन’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । राईलाई भिडियो अभिनयमा मोडल विमला खाजुम लिम्बुले साथ दिएकी छन् ।
सुजन आङ्देम्बे लिम्बुको शब्द, सङ्गीत तथा स्वर रहेको गीतको भिडियोमा मायालु जोडीका प्रेम, रोमान्सका कथालाई प्रस्तुत गरिएको छ । भिडियो मकवानपुरको कुलेखानी, चित्लाङ लगायत विभिन्न स्थानमा छायाङ्कन गरिएको छ ।
इशाक जबेगुको छायाङ्कन, सम्पादन तथा निर्देशनमा भिडियो तयार गरिएको छ । ओखलढुङ्गा वाक्साका राई हाल बेलायतमा बस्दै आएका छन् । बेलायतमा रहेर पनि आफ्नो कलाकारितालाई निरन्तरता दिइरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
८ हजार महिलाले भरतपुर अस्पतालबाट लिए सुत्केरी सेवा
-
सिरियामा दुई बस एकआपसमा ठोक्किँदा ३५ जनाको मृत्यु, ३० घाइते
-
रूपन्देहीमा आर्थिक अपराध एवं घरेलु हिंसाका घटना उच्च
-
मदनकृष्ण श्रेष्ठसहित पाँच स्रष्टालाई ‘छिन्नलता गीत पुरस्कार’
-
माछाका भुरा तथा खाने माछा बिक्रीबाट राजस्व वृद्धि
-
भारतबाट ल्याउँदै गरेको खैरो हेरोइनसहित युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण