इन्टरपोलको कार्यक्रममा सहभागी भई थापा नेतृत्वको टोली स्वदेश फिर्ता

काठमाडौँ । ‘२०औँ हेड अफ एनसीबी कन्फरेन्स’मा नेपालको तर्फबाट सहभागी भई प्रहरी अतिरिक्त महानिरीक्षक दीपक थापा नेतृत्वको टोली बुधबार स्वदेश फर्किएको छ । यो कार्यक्रम इन्टरपोल महासचिवालयको आयोजनामा फ्रान्सको लियोनमा माघ २९ देखि फागुन १ गते गतेसम्म सञ्चालन भएको थियो ।
हेड अफ एनसिबी कन्फरेन्समा मुख्य रूपमा सिनारियो अफ क्राइम एगेन्स्ट चाइल्ड विषय लगायत अन्तर्राष्ट्रिय स्तरमा हुने अपराधहरूको नियन्त्रण सम्बन्धमा इन्टरपोलका सदस्य राष्ट्रहरूका एनसीबी प्रमुखहरू, इन्टरपोल महासचिव तथा पदाधिकारीहरू बिच समन्वय तथा सहकार्यको विषयहरूमा छलफल भएको थियो । उक्त कन्फरेन्समा नेपालको तर्फबाट एनसीबी काठमाडौँका शाखा प्रमुख प्रहरी उपरीक्षक कोमल शाहले सिनारियो अफ क्राइम एगेन्स्ट चाइल्ड इन नेपाल विषयमा प्रस्तुतीकरण गरेका थिए ।
प्रहरी अतिरिक्त महानिरीक्षक दीपक थापा नेतृत्वको टोली कन्फरेन्समा सहभागी हुन माघ २७ गते त्यसतर्फ प्रस्थान गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
असंलग्न परराष्ट्र नीतिको सान्दर्भिकताबारे चर्चा
-
जुम्लामा ट्रयाक्टर दुर्घटनाः एक जनाको मृत्यु, चार घाइते
-
सान फ्रान्सिस्कोबाट मुम्बई आइरहेको एयर इन्डियाको उडानमा खराबी, कोलकातामा ओरालियो यात्रु
-
काठमाडौँ महानगरमा मनसुन अवधिभर सडक तथा फुटपाथ खन्न रोक
-
मानिसहरूले तुरुन्तै तेहरान छोड्नुपर्छ: ट्रम्प
-
उपकुलपति छनोट : खुला प्रतिस्पर्धा कि सोझै सिफारिस ?