माओवादीले कसैको बैसाखी टेक्नु पर्दैन : सचिव खनाल
बुटवल । नेकपा माओवादी केन्द्रका सचिव चक्रपाणि खनाल ‘बलदेव’ले अब माओवादीले कसैको बैसाखी टेक्नु नपर्ने बताएका छन् । माओवादी केन्द्र बुटवल उपमहानगरको तेस्रो नगर अधिवेशन उद्घाटन समारोहमा उनले माओवादीले स्थानीय तहको उपनिर्वाचनमा दोस्रो स्थान हासिल गरेको उल्लेख गर्दै २०८४ को निर्वाचन एक्लै लड्ने बताए ।
सचिव खनालले २०६४ सालको निर्वाचनमा जनताले देखाए पनि आफ्नो कमजोरीका कारण कांग्रेस र एमालेसँग गठबन्धन गर्नुपर्ने अवस्था आएको भन्दै २०८४ को निर्वाचन एक्लै लड्ने उद्घोष गरे । माओवादी नेतृत्वको सरकारले भ्रष्टाचार र बेथितिविरुद्ध अभियान सुरु गरेको उल्लेख गर्दै उनले वर्तमान सरकार भ्रष्टाचारीको संरक्षणमा लागि परेको आरोप लगाए । भ्रष्टाचारीहरूको लहरो तान्दै जाँदा ठुलै घराना समेत पर्ने देखिएपछि जालझेल गरेर माओवादी नेतृत्वको सरकार ढालिएको उनले बताए ।
सचिव खनालले विचार मिल्ने शक्तिहरूलाई एकतामा आउन आग्रह गरे । छिन्नभिन्न हुँदा माओवादी शक्ति कमजोर भएको भन्दै उनले विचार मिल्ने शक्तिहरू एकता गर्नुको विकल्प नभएको बताए हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण