तारकेश्वरमा पिकअप भ्यानले मोटरसाइकल र स्कुटरलाई ठक्कर दियो, २ जना घाइते
बिहीबार, ०८ फागुन २०८१, १५ : ०५

काठमाडौँ । काठमाडौँको तारकेश्वर नगरपालिका–८ स्थित जरङ्खु पुल नजिकै पिकअप भ्यानले मोटरसाइकल र स्कुटरलाई ठक्कर दिँदा २ जना घाइते भएका छन् । बा.२० च ३५८६ नम्बरको पानी बोकेको भ्यानले प्रदेश ३-०२००४ प ६५३३ नम्बरको मोटरसाइकल र बागमती प्रदेश ०२ ००१ ब ४५७३ नम्बरको स्कुटरलाई ठक्कर दिएको हो ।
दुर्घटनामा परेर मोटरसाइकल चालक सञ्जय पाण्डे र स्कुटर चालक राजकुमार लामा घाइते भएका छन् ।
राजकुमारको टाउको र अनुहारमा चोट लागेको छ । उनको ग्रान्डि अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका एकजना अधिकृतले रातोपाटीलाई बताए ।
मोटरसाइकलको पछाडि बस्ने बिपना भण्डारीको अवस्था सामान्य छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलविद्युत् आयोजनाका कारण तातोपानी कुण्ड सङ्कटमा
-
पश्चिम नवलपरासीमा श्रावणी महामहोत्सवको तयारी सुरु
-
ज्योति भण्डारीलाई प्रहरीले कम्बोडियाबाट ल्यायो काठमाडौँ
-
१० बजे १० समाचार : अदालतबाट राजुलाई राहत, कुलिङ पिरियडले किचलो
-
११ महिनामा बागमती सरकारको बजेट कार्यान्वयन ५० प्रतिशत पनि पुगेन
-
विपद् व्यवस्थापनमा खटिन नेविसंघको निर्देशन