सुमी मल्लले जितिन् ‘मिसेस भोग नेपाल–२०२५’ को उपाधि
काठमाडौँ । ‘मिसेस भोग नेपाल–२०२५’ को उपाधि सुमी मल्लले जितेकी छिन् । बुधवार अबेर राति बौद्धस्थित बौद्ध हेरिटेजमा आयोजित प्रतियोगितामा मल्लले ‘मिसेस भोग नेपाल–२०२५ ब्राण्ड एम्बासडर’ को उपाधि जितेकी हुन् ।
प्रतियोगितामा रुथ शिवाकोटीले कमर्सियल एम्बासडरको उपाधि जित्न सफल भइन् । ग्राण्ड फिनालेको फाइनल चरण अर्थात टप फाइभमा सुमी मल्ल, रुथ सिवाकोटी, सञ्जु श्रेष्ठ, प्रिया खड्गी तथा स्वेता बज्राचार्यबिच निकै कडा प्रतिस्पर्धा भएको थियो ।
सार्वजनिक गरिएको नतिजा अनुसार सञ्जु श्रेष्ठले फर्स्ट रनर्सअप, प्रिया खड्गीले सेकेण्ड रनर्सअप तथा स्वेता बज्राचार्यले थर्ड रनर्सअपको उपाधिमा चित्त बुझाए ।
प्रतियोगितामा समाजका विभिन्न क्षेत्रलाई प्रतिनिधित्व गरेका १७ जना विवाहित महिलाहरुले भाग लिएका थिए । विभिन्न क्षेत्रमा भिन्दै परिचय बनाइसकेका प्रतियोगिहरुले प्रतियोगितामा उत्कृष्ट प्रस्तुति दिएका थिए । हाउस अफ फेसनले प्रतियोगीता आयोजना गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नागढुंगा–नौबिसे–मलेखु सडक खण्डमा पहिरो व्यवस्थापनका लागि द्रुत टोली परिचालन
-
जग्गा विवादमा हत्या गरेर २० वर्षदेखि फरार अभियुक्त जेल चलान
-
१० खेलाडीमा सीमित पाराग्वेले टर्कीलाई हरायो
-
प्रधानमन्त्री शाहद्वारा मकालु बेस क्याम्प ट्रेकको प्रचार
-
गण्डकीमा एक लाख ४१ हजार बढी ट्राफिक कारबाही, रु १२ करोड ६९ लाख राजस्व सङ्कलन
-
८ पेगको नसामा जावेद अख्तरले ९ मिनेटमै लेखेका थिए यो कालजयी गजल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण