‘बालापनको उमेर २’ मा आन्भीको आकर्षक अभिनय
शुक्रबार, ०९ फागुन २०८१, १६ : ५१
काठमाडौंँ । बालकलाकार आन्भी ओली अभिनित म्युजिक भिडियो ‘बालापनको उमेर २’ सार्वजनिक भएको छ । गीतमा ओलीलाई अभिनयमा अभिनेत्री प्रियंका कार्की र उनकी छोरी आयंकाले साथ दिएका छन् ।
आन्भी गायक तथा निर्माता सरोज ओलीकी छोरी हुन् । यो उनको पहिलो म्युजिक भिडियो हो । भिडियोमा मौसम हिमालीको कोरियोग्राफी तथा निर्देशन छ ।
बसन्त सापकोटाको शब्द र संगीत गीतमा छ । यो गीत २०१८ मा रिलिज भएको चर्चित गीत ‘बालापनको उमेर’ को दोश्रो भर्सन हो ।
गीत स्वर गायिका समिक्षा अधिकारीले दिएकी थिइन् । यो गीतले समिक्षाको करियरमा नयाँ मोड ल्याएको थियो ।
सार्वजनिक भिडियोमा नवराज उप्रेती र सुनिल भण्डारीले छायांकन,भुपेन्द्र अधिकारी र मनोज कार्कीको सम्पादन छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
८ हजार महिलाले भरतपुर अस्पतालबाट लिए सुत्केरी सेवा
-
सिरियामा दुई बस एकआपसमा ठोक्किँदा ३५ जनाको मृत्यु, ३० घाइते
-
रूपन्देहीमा आर्थिक अपराध एवं घरेलु हिंसाका घटना उच्च
-
मदनकृष्ण श्रेष्ठसहित पाँच स्रष्टालाई ‘छिन्नलता गीत पुरस्कार’
-
माछाका भुरा तथा खाने माछा बिक्रीबाट राजस्व वृद्धि
-
भारतबाट ल्याउँदै गरेको खैरो हेरोइनसहित युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण