त्रिभुवन विश्वविद्यालयद्वारा स्ववियु निर्वाचन कार्यतालिका सार्वजनिक
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । आगामी चैत ५ गतेका लागि तोकिएको स्ववियु निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको हो ।
त्रिवि स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिले फागुन १९ गतेदेखि चैत ५ गतेसम्मको निर्वाचन कार्यतालिका बनाएको हो ।
फागुन १९ गते दिउसो तीन बजेसम्म संघ/संगठन/समूह दर्ता गर्ने अन्तिम समय तोकिएको छ । त्यस्तै फागुन २१ गते मतदाता सूची प्रकाशित गरिने, २५ गते मतदाता सूची उपर दाबी विरोध गर्ने, मतदाता सूची उपर दाबी विरोधको छानबिन गरी अन्तिम नामावली प्रकाशित गर्ने कार्यतालिका छ ।
त्यस्तै फागुन २७ गते प्रत्यक्ष र समानुपातिक दुवै तर्फको उम्मेदवारको मनोनयन पत्र नामावली दाखिला गर्ने समय तोकिएको छ । त्रिविले प्रचार प्रसार गर्ने समय फागुन २९ गते दिनको २ बजेदेखि चैत २ गते राति १२ बजेसम र त्यसपछि मौन अवधि सुरु हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केपी ओलीलाई आफ्नोभन्दा बढी कांग्रेसको चिन्ता !
-
अभिनेत्री दीपाश्री निरौला डिस्चार्ज
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण