समाचार
गृह मन्त्रालयद्वारा तीन सीडीओको सरुवा
शुक्रबार, ०९ फागुन २०८१, २० : ५४
काठमाडौँ । गृह मन्त्रालयले तीन प्रमुख जिल्ला अधिकारी (सीडीओ)को सरुवा गरेको छ । गृहमन्त्री रमेश लेखकले मन्त्रीस्तरीय निर्णय गर्दै दुई सहसचिवलाई सीडीओको जिम्मेवारी दिएका हुन् ।
मन्त्री लेखकले नवलपरासी पश्चिमकी सीडीओ स्किम श्रेष्ठलाई मकवानपुरको सीडीओमा सरुवा गरेका छन् भने रौतहटका सीडीओ हिरालाल रेग्मी नवलपरासी पश्चिममा सरुवा गरेका छन् ।
मकवानपुरका सीडीओको अर्थ मन्त्रालयमा सरुवा भएपछि खाली थियो । रौतहटमा भने कसैको निर्णय नभएको बताइएको छ ।
त्यस्तै तेह्रथुमको सीडीओमा मन्त्रालयमा कार्यरत प्रकाश अधिकारीलाई पठाउने निर्णय भएको मन्त्रालयको कर्मचारी प्रशासन महाशाखाले जनाएको छ । तेह्रथुममा उपसचिव सीडीओ हुन्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण