नेपाल ग्रे लिष्टमा पर्यो, के भन्छन् अर्थमन्त्री ?

काठमाडौँ । फाइनान्सियल एक्सन टाक्स फोर्स (एफएटिएफ) ले नेपाललाई ग्रे लिष्टमा राखेको छ । सम्पत्ति शुद्धीकरण, सहकारी समस्या र कानून कार्यान्वयन लगायतका विषयमा उदासीनता बनेको कारण देखाउँदै एफएटिएफले नेपाललाई सम्पत्ति शुद्धीकरणको ग्रे लिष्टमा राखेको हो ।
यसैबीच उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाल निर्धारित समय अगावै ग्रे लिष्टबाट बाहिर निस्कने बताएका छन् । ‘विगतमा निर्धारित समयमा निर्धारित काम सम्पन्न गर्न नसक्दा यो परिस्थिति निर्माण भएको हो । पेरिस बैठकबाट नेपालको एक्सन प्लान स्वीकृत भएको छ, उनले भने, 'एक्सन प्लान अनुसार प्रभावकारी रुपमा काम गरेर हामी निर्धारित समय अगावै ग्रे लिष्टबाट बाहिर निस्कन्छौं ।’
एफएटिएफ नेपाललाई अक्टोबर २०२४ भित्र आवश्यक सुधार गर्न चेतावनी दिएको थियो । तर तोकिएको समयमा आवश्यक सुधार नभएसँगै नेपाल ग्रे लिस्टमा परेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चार वर्षमा चट्याङबाट २३७ को मृत्यु, ९०८ जना घाइते
-
प्रतिनिधिसभा बैठक बस्दै, प्रधानमन्त्रीले सांसदहरूले उठाएको प्रश्नको जवाफ दिने
-
चार वायु थप सक्रिय, आज यी प्रदेशमा हुनेछ चट्याङ्गसहित वर्षा
-
आईपीएल : सनराइजर्स विजयी, घरेलु मैदानमा ६ विकेटले हार्यो लखनउ
-
प्रिमियर लिग च्याम्पियन लिभरपुललाई हरायो ब्राइटनले
-
पुटिनसँग दुई घण्टा कुराकानी गरेपछि ट्रम्पले के भने ?