माघ मसान्तसम्म १८ करोड बराबरको यार्सागुम्बा निर्यात
काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को माघ मसान्तसम्म १८ करोड रुपैयाँ बराबरको यार्सागुम्बा निर्यात भएको छ ।
उक्त अवधिमा १८ करोड ३५ लाख ८२ हजार रुपैयाँ बराबरको ४ सय ५९ किलो यार्सा गुम्बा निर्यात भएको भन्सार विभागले जनाएको छ ।
यसमध्ये सबैभन्दा धेरै चीनतर्फ निर्यात भएको छ । चीनमा १२ करोड ७९ लाख ८१ हजार रुपैयाँ बराबरको २ सय ८८ किलो यार्सागुम्बा निर्यात भएको हो । यसैगरी १ करोड ५९ लाख ६२ हजार रुपैयाँको २२ किलो यार्सागुम्बा सिंगापुर, १ करोड १३ लाख १८ हजार रुपैयाँको यार्सागुम्बा कम्बोडियामा निर्यात भएको छ ।
यसैगरी १ करोड २ लाख ६७ हजार रुपैयाँको ३८ किलो भियतनाम, ९८ लाख ३१ हजार रुपैयाँको १९ किलो अमेरिका, ४४ लाख २२ हजार रुपैयाँको २२ किलो बेलायत, ३४ लाख ६० हजार रुपैयाँको १० किलो मलेसिया, ३ लाख ३५ हजार रुपैयाँको १ किलो जापान र ६ हजार रुपैयाँको १० ग्राम यार्सागुम्बा थाइल्यान्ड निर्यात भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदीको मूल्य घट्यो : कतिमा हुँदैछ कारोबार ?
-
लालसागरमा आक्रमण दोहोरिए कडा सैन्य सजाय दिने ट्रम्पको चेतावनी
-
विकास आयोजनाका विवाद सल्टाउन 'पूर्वाधार न्यायाधिकरण' को काम अन्तिम चरणमा : मन्त्री गौतम
-
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
-
साउन २४ गतेबाट अवकाशमा जाने सचिव शर्माले दिए राजीनामा, मन्त्रिपरिषद्ले गर्यो स्वीकृत
-
गुगललाई युरोपेली संघले गर्यो ८९ करोड युरो जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण