माघ मसान्तसम्म १८ करोड बराबरको यार्सागुम्बा निर्यात

काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को माघ मसान्तसम्म १८ करोड रुपैयाँ बराबरको यार्सागुम्बा निर्यात भएको छ ।
उक्त अवधिमा १८ करोड ३५ लाख ८२ हजार रुपैयाँ बराबरको ४ सय ५९ किलो यार्सा गुम्बा निर्यात भएको भन्सार विभागले जनाएको छ ।
यसमध्ये सबैभन्दा धेरै चीनतर्फ निर्यात भएको छ । चीनमा १२ करोड ७९ लाख ८१ हजार रुपैयाँ बराबरको २ सय ८८ किलो यार्सागुम्बा निर्यात भएको हो । यसैगरी १ करोड ५९ लाख ६२ हजार रुपैयाँको २२ किलो यार्सागुम्बा सिंगापुर, १ करोड १३ लाख १८ हजार रुपैयाँको यार्सागुम्बा कम्बोडियामा निर्यात भएको छ ।
यसैगरी १ करोड २ लाख ६७ हजार रुपैयाँको ३८ किलो भियतनाम, ९८ लाख ३१ हजार रुपैयाँको १९ किलो अमेरिका, ४४ लाख २२ हजार रुपैयाँको २२ किलो बेलायत, ३४ लाख ६० हजार रुपैयाँको १० किलो मलेसिया, ३ लाख ३५ हजार रुपैयाँको १ किलो जापान र ६ हजार रुपैयाँको १० ग्राम यार्सागुम्बा थाइल्यान्ड निर्यात भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काभ्रेबाट ४९ रोहिङ्ग्या शरणार्थी काठमाडौँ फर्काइयो
-
एमयूमा डीन बनाउन चलखेल, भागबन्डा मिलाउन नियमावलीविपरीत विज्ञापन
-
क्रान्तिकारी माओवादीका महासचिव वैद्यलाई मातृशोक
-
नेपाल धितोपत्र बोर्डमा पस्यो अख्तियार, उच्च अधिकारीसँग ५ घण्टा सोधपुछ
-
विपद् व्यवस्थापनको सचेतनाका लागि पाँच भाषामा सन्देश निर्माण गर्दै प्राधिकरण
-
प्रधानमन्त्री रोजगार कार्यक्रमबाट दुई सय बढी प्रत्यक्ष लाभान्वित