जुवातास खेलिरहेका ११ जना पक्राउ
काठमाडौँ । काठमाडौँ र उदयपुरबाट जुवतास खेलिरहेको अवस्थामा ११ जना पक्राउ परेका छन् ।
काठमाडौँ महानगरपालिका-४ चन्डोल बस्ने सरिता धितालको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही महानगरपालिका-९ रातोपुल बस्ने ६२ वर्षीया बिजया श्रेष्ठ समेत ५ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ३७ हजार रुपैयाँ र ७ बुक तास सहित पक्राउ गरेको हो ।
उदयपुरको त्रियुगा नगरपालिका-१२ बस्ने ४५ वर्षीया बबिता चौधरीको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-१२ बुद्धचोक बस्ने ३४ वर्षीय ठमान राई समेत ६ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४१ हजार ८ सय २५ रुपैयाँ र १८ बुक तास सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सम्झौताका लागि इरानले भिख मागिरहेको छ : अमेरिकी विदेशमन्त्री
-
पुरुष काभा भलिबल च्याम्पियनसिपमा नेपाल श्रीलङ्कासँग पराजित
-
पूर्ववरिष्ठ उपरीक्षक साह नै ठगीमा परेपछि...
-
नबिल बैंक विश्वस्तरमा प्रतिष्ठित तीन वटा अवार्डबाट सम्मानित
-
इप्पानका प्रतिनिधि र भारतीय राजदूतबिच भेटघाट
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण