चार जना मृत फेला
शनिबार, १० फागुन २०८१, १६ : ०४

काठमाडौँ । देशका विभिन्न स्थानमा ४ जना मृत अवस्थामा फेला परेका छन् ।
- काभ्रे, पाँचखाल नगरपालिका-३ तामाघाट डेरा गरी बस्ने पर्सा वीरगन्ज महानगरपालिका-५ घर भएका ३५ वर्षीय अवतार पटेल आफ्नै कोठामा शनिबार मृत अवस्थामा फेला परेका छन् ।
- कालिकोट, रास्कोट नगरपालिका-१ बस्ने ४१ वर्षीया सुरिचा बम आफ्नै घरमा शुक्रबार मृत अवस्थामा फेला परेकी छिन् ।
- कैलाली, घोडाघोडी नगरपालिका-९ शिखरझालास्थित कान्द्री खोलामा सोही नगरपालिका-९ टिकापुर टोल बस्ने २८ वर्षीय दिपु बुढा शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
- बाँके, नेपालगन्ज उपमहानगरपालिका-२ पुष्पलाल चोक नजिकै सडकको फुटपाथमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४५ वर्षीय पुरुष शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाल्पामा बालीनालीमा छरेको विषादीले मौरी सखाप
-
मुख्यमन्त्री कँडेलद्वारा दश जिल्लाका सीडीओसँग संवाद
-
बाँकेमा थप ९३६ लाई जग्गाधनी प्रमाणपत्र वितरण गरिँँदै
-
डिजिटल प्रविधिमा आधारित रही सेवा प्रवाह गर्न श्रममन्त्रीको निर्देशन
-
रातोपाटी ब्रिफिङ : प्रदीप नेपालको अन्तिम बिदाइदेखि संसद्को बहससम्म
-
रवि लामिछानेको मुद्दामा कैफियत प्रतिवेदन मगाउने आदेश