अशोक राई नेतृत्वको जसपाले स्थापना गर्यो पार्टी कार्यालय
काठमाडौँ । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीले आफ्नो केन्द्रीय कार्यालय स्थापना गरेको छ ।
गत वैशाखमा उपेन्द्र यादव नेतृत्वबाट अलग भएर अशोक राईले जनता समाजवादी पार्टी गठन गरेका थिए । १२ जना सांसदमध्ये सात जना सांसद लिएर जसपा गठन गरेका राईले ललितपुरको ग्वार्कोमा पार्टी कार्यालय स्थापना गरेका हुन् ।
सो पार्टी कार्यालयको भोलि उद्घाटन गर्ने कार्यक्रम रहेको सो पार्टीका महासचिव इस्तियाक राईले बताए । उनले भने, ‘पार्टी गठन गरेपछि पार्टी कार्यालयका लागि विभिन्न ठाउँमा घर हेर्ने काम भयो तर विभिन्न कारणले कुरा मिलिरहेको थिएन । अहिले ग्वार्कोमा पार्टी कार्यालय स्थापना गर्ने भएका छौँ, भोलि त्यसको उद्घाटन छ ।’
पार्टी कार्यालय उद्घाटन भएपछि त्यही कार्यकारिणी समितिको बैठक पनि बस्ने भएको छ । कार्यकारिणी समितिको बैठकमा देशको समसामयिक राजनीतिक अवस्था संगठन निर्माण लगायतको विषयमा छलफल हुने उनले बताए ।
सरकारले ल्याएको अध्यादेशको बारेमा केही छलफल हुन्छ कि हुँदैन भन्ने जिज्ञासामा उनले अध्यादेश पास गराउने वा फेल गराउनेमा आफूहरूको कुनै भूमिका नरहने भएकाले त्यसमा खासै छलफल नहुने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाद्वारा वन्यजन्तु प्रभावित परिवारलाई १ करोड १० लाख रुपैयाँभन्दा बढी राहत वितरण
-
अनशनरत अभियन्ता सोनम वाङचुकको स्वास्थ्य दैनिक निगरानी गर्न दिल्ली उच्च अदालतको आदेश
-
गण्डकीमा सत्ता समीकरणः तीन विकल्पमा छलफल गर्दै एमाले
-
कैलाली र कञ्चनपुरमा विमानस्थल सञ्चालन प्रक्रिया अघि बढाउन उच्चस्तरीय बैठक
-
चालू आर्थिक वर्षमा यी न्यायाधीशले गरे सर्वाधिक मुद्दा फैसला
-
मधेस प्रदेश प्रमुखद्वारा दुई विधेयक प्रमाणीकरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण