नेपालीमा नकारात्मक सोच बढ्यो, स्वजागरणले सकारात्मक बनाउँछ : सभामुख
पोखरा । सभामुख देवराज घिमिरेले नेपाली समाजमा नकारात्मक सोच व्याप्त रहेको बताएका छन् । पोखरामा जीवन विज्ञान प्रतिष्ठानले आयोजना गरेको स्वजागरण अभियानलाई सम्बोधन गर्दै उनले भने, ‘नेपाली समाजमा नकारात्मक सोच निकै व्याप्त रहेको छ । यसबेला समाजलाई सद्भाव, नैतिकता र राष्ट्रप्रेममा प्रेरित गर्न जरुरी छ । स्वजागरण कार्यक्रमले सकारात्मक बनाउन सहयोग गर्छ ।’ उनले ध्यान र योग साधनाले नेपालको आध्यात्मिक पर्यटन, आयुर्वेद, प्राकृतिक चिकित्सा, जडीबुटी र प्रांगारिक उत्पादनलाई प्रवर्द्धन गर्दै आर्थिक समृद्धिमा टेवा पुर्याउने दावी गरे ।
सरकारले नै नेपाललाई ध्यान र आध्यात्मिक पर्यटनको केन्द्र बनाउने लक्ष्य लिएको भन्दै उक्त योजनामा स्वजागरण अभियान फलदायी हुने घिमिरेले सुनाए । ‘यो शारीरिक स्वास्थ्यका लागि मात्रै होइन, मानसिक, बौद्धिक, आत्मिक र स्वास्थ्यका लागि पनि लाभदायक छ । योगले मानसिक स्वास्थ्य ठिक हुने र स्मरण शक्ति वृद्धि गर्ने अनुसन्धानले पुष्टि गरेका छन्,’ अघि भने, ‘सरकारको चालू नीति तथा कार्यक्रममा नै योग, ध्यान र जागरणका मौलिक र वैज्ञानिक पद्धतिलाई मूल प्रवाहीकरण गर्दै स्वस्थ र नैतिकवान् समाज निर्माण गर्न संघ, प्रदेश र स्थानीय सरकारमा योग र ध्यानको स्वजागरण अभियान चलाउने घोषणा गरेको छ । यो कार्यक्रम सरकारको नीति तथा कार्यक्रम सफल बनाउने कोशेढुंगा हो ।’
उनले स्वजागरणलाई अन्तर्राष्ट्रियकरण गरे पर्यटन प्रवर्द्धनको महत्त्वपूर्ण आयाम बन्न सक्ने बताए । नेपालीको जीवनशैली र खानपानका कारण नसर्ने रोगको जोखिम बढ्दै गएको भन्दै उनले योग मार्फत त्यसलाई न्यूनीकरण गर्न सकिने तर्क गरे । ‘जीवनशैली, खानपान, तनाव र प्रदूषण जस्ता कारणले नसर्ने रोग बढाएको यो समयमा योग एक औषधी हो । योग गर्नेको मस्तिष्कमा सकारात्मक परिवर्तन देखिन्छ,’ अघि थपे, ‘जसले भावनात्मक स्थिरता र मानसिक स्पष्टता बढाउँछ । प्राचीन समयदेखि नै हाम्रो संस्कृतिको एक हिस्सा हो । प्राचीनतम उपचार पद्दती हो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युरेनियम उत्खननमा अब राज्यको एकाधिकार
-
कांग्रेस विवाद मिलाउन निरन्तर वार्तामा पूर्णबहादुर–विश्वप्रकाश
-
‘निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो’
-
साताको अन्तिम दिन ११.३७ अङ्कले घट्यो सेयर बजार, कारोबार रकम भने बढ्यो
-
बालेन सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास छैन : कुलमान घिसिङ
-
आयोगले सरकारलाई पठायो निर्वाचन विधेयकको मस्यौदा (पूर्णपाठ)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण