पाथीभरा क्षेत्रमा भएको विवाद समाधान गर्न एमालेकाे माग
विराटनगर । नेकपा एमाले कोशी प्रदेश संसदीय दलले ताप्लेजुङको पाथीभरा (मुक्कुम्लुङ) क्षेत्रमा भएको विवाद समाधानका लागि सरकारको ध्यानाकर्षण गराएको छ ।
एमाले संसदीय दलको तर्फबाट आइतबार बसेको कोशी प्रदेशसभाको बैठकमा विशेष समय लिएर बोल्दै दलका उपनेता तिलकुमार मेन्याङ्बोले अशान्ति र तनावको अवस्थालाई लामो समयसम्म नराख्न आग्रह गरे ।
‘अहिलेको परिस्थितिलाई नै सँधैभरी राखिरहनु हुँदैन । त्यहाँ वार्ता र छलफलबाट समस्या समाधान हुनुपर्छ,’ उनले भने ।
यसअघि प्रदेशसभामा बोल्दै माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले पनि पाथीभरा क्षेत्रको विवाद समाधान गर्न आग्रह गरेका थिए । यस्तै राप्रपा दलका नेता भक्तिप्रसाद सिटौलाले पनि केबलकार निर्माणको काम स्थगित गरेर वार्ता र छलफल गर्न सरकारको ध्यानाकर्षण गराए ।
‘सरकारले वार्ता र छलफल गर्नुको साटो दमनको बाटो रोजेको छ । यो घोर आपत्तिजनक छ,’ उनले भने । यस्तै जसपाकी सांसद निर्मला लिम्बूले पनि पाथीभरा क्षेत्रमा भएको भिडन्त र विवादको समाधानका लागि सरकारको ध्यानाकर्षण गराइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केपी ओलीलाई आफ्नोभन्दा बढी कांग्रेसको चिन्ता !
-
अभिनेत्री दीपाश्री निरौला डिस्चार्ज
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण