के हो चीनमा भेटिएको कोभिडजस्तै नयाँ भाइरस एचकेयू ५–कोभ २ ?
बेइजिङ । चीनमा चमेरामा कोरोना जस्तै नयाँ भाइरस भेटिएको छ । यसलाई वैज्ञानिकहरूले एचकेयू ५–कोभ २ नाम दिएका छन् । यो भाइस मर्स कोरोना भाइरसको परिवाससँग सम्बन्धित छ । तर यो भाइरस मान्छेको लागि कति ठूलो खतरा हुन सक्छ भन्ने चाँहि स्पष्ट भइसकेको छैन । पशुबाट मान्छेमा सर्न सक्ने यसको क्षमताबारे अझै अरु अनुसन्धान हुन बाँकी भएको बताइएको छ ।
कोरोनाले झैंँ यसले पनि मान्छेलाई संक्रमित गर्न सक्ने वुहान इन्ष्टिच्यूट अफ भाइरोलोजीका वैज्ञानिकहरूले बताएका छन् । कोभिडको कारण बनेको भाइरसले जस्तै गरी यो भाइरस पनि शरीरको कोशिकामा छिर्न सक्ने बताइएको छ । अध्ययनको प्रतिवेदनमा यही हप्ता सेल जर्नलमा प्रकाशित भएको थियो ।
यसले कसरी काम गर्छ र मान्छेमा कसरी सर्छ भनेर वैज्ञानिकहरूले एचकेयू५–कोभ २ को अध्ययन गरेका थिए । यसमा फुरिन क्लीभेज साइट नामक विशेषता पाइएको छ, जसले यसलाई एस२ प्रोटिन मार्फत कोशिकाहरूमा प्रवेश गर्न सक्ने बनाउँछ । कोभिड–१९ कोरोना भाइरस महामारी निम्त्याएको सार्स–कोभ–२ पनि यही तरिकाबाट मान्छेको शरीरमा छिरेको थियो ।
के भन्छ प्रयोगशालामा भएका परीक्षण ?
वैज्ञानिकहरूले टेस्ट ट्युब र मानव कोष मोडेलमा यसको परीक्षणहरू गरेका थिए । जसमा यी भाइरसले एस २ प्रोटीनको उच्च मात्रा भएका आन्द्रा र श्वासप्रश्वास नली आदिका कोशिकाहरूलाई संक्रमित गर्न सर्ने पाइयो ।
यो अनुसन्धानको नेतृत्व चीनकी प्रख्यात भाइरोलोजिस्ट शि झेङलीले गरेकी थिइन् । लामो समयदेखि चमेरोबाट फैलिने कोरोनाभाइरसको अध्ययन गर्दै आएकी शिलाई ब्याटवुमन पनि भनिन्छ ।
एचकेयू ५–कोभ २ सम्बन्धी अध्ययन ग्वाङ्झाउ प्रयोगशाला, वुहान विश्वविद्यालय र वुहान इन्स्टिच्युट अफ भाइरोलोजीका वैज्ञानिकहरूले संयुक्त रूपमा गरेका थिए ।
मानवका लागि नयाँ खतरा हो त ?
मानव कोशिकाहरूसँग जोडिने एचकेयू ५–कोभ २ को क्षमता सार्स–कोभ–२ को तुलनामा धेरै कम छ । यसको अर्थ यो भाइरस मानिसहरूमा सजिलै फैलिन सक्दैन । भाइरसबारे मान्छेहरू चाहिने भन्दा बढी नै चिन्तित रहेको मिनेसोटा विश्वविद्यालयका संक्रामक रोग विशेषज्ञ माइकल ओस्टरहोम भन्छन् ।
आजको दिनसम्म सार्स जस्तो भाइरस विरुद्ध मान्छेले केही स्तरको प्रतिरोधात्मक क्षमता विकास गरिसकेको छ, जसले गर्दा यो महामारी बन्ने सम्भावना कम भएको उनी भन्छन् । यो भाइरसबाट तत्काल कुनै खतरा नभएको वैज्ञानिकहरू भन्छन् । तर यसमा नजर राख्नु आवश्यक हुने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा महाधिवेशनमा ‘चिउरी’ को आकर्षण, तस्बिरहरू
-
एमालेको निष्कर्ष : विष्णु पौडेललाई गैरकानुनी, गैरन्यायिक र प्रतिशोधपूर्ण ढङ्गले पक्राउ गरियो
-
रास्वपा महाधिवेशन : बन्दसत्रमा पुगे बालेन शाह
-
मेस्सीमय विश्वकप, एमबाप्पे र हालान्डको उच्च गति, क्रोएसियाले के गर्ला ?
-
गृहमन्त्रीले खाएको अमलेटमा माछाको काँडा, कर्मचारीहरूसँग प्रहरीको सोधपुछ
-
विष्णु पौडेलको म्याद थपबारे बहस सकियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण