पाठेघरको मुखको क्यान्सरको निःशुल्क परीक्षण गर्दै सरकार
सोमबार, १२ फागुन २०८१, १७ : २०
काठमाडौँ । सरकारले पाठेघरको मुखको क्यान्सरको निःशुल्क परीक्षण गर्ने तयारी गरेको छ ।
नेपालमा महिलाहरूमा हुने क्यान्सरमध्ये सबैभन्दा बढी पाठेघरको मुखको हुने गरेको छ । समयमै पहिचान गरी उपचार गरे यो रोग निको हुन सक्छ ।
सोही विषयलाई ध्यानमा राखी मन्त्रालयले यो वर्ष ५ लाख महिलाको पाठेघरको मुखको परीक्षण (स्क्रिनिङ्ग) गर्ने लक्ष्य लिएको हो ।
आफ्नो नजिकैको स्वास्थ्य संस्थामा गएर पाठेघरको मुखको क्यान्सर परीक्षण गर्न ३० वर्षमाथिका सबैलाई स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ ।
यो परीक्षण सबै स्थानीय तहका स्वास्थ्य संस्थाहरूमा उपलब्ध हुने सरकारले जनाएको छ साथै शिविरहरू समेत सञ्चालन गर्ने मन्त्रालयको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा
-
पाल्पामा खोलामा हाम फाले पुरुष, सकुशल उद्धार
-
आकासमा काँलो बादल मडारिना साथ त्रसित हुन्छन् ‘ब्रह्मपुरी’का बासिन्दा
-
उच्च र विशेष अदालतको आदेश बदर गर्न माग गर्दै व्यवसायी दीपक भट्ट सर्वोच्च पुगे
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गुनासो सुन्न सुरु
-
बालेन सरकारविरुद्ध चार वाम एक ठाउँमा, प्रचण्डले सुनाए घेराबन्दीको सूत्र !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण