राजसंस्था पुनर्स्थापनाको एजेन्डा बोकेर राप्रपा सडकमा
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले मंगलबारदेखि सडक केन्द्रित प्रदर्शन गर्न लागेको छ । पहिलो चरणमा महामन्त्री धवल शमशेर राणाको नेतृत्वमा पार्टीले विभिन्न प्रदेशमा मोटरसाइकल र्याली निकाल्न लागेको हो ।
प्रवक्ता सगुन लावतीका अनुसार मंगलबार धनगढीमा मोटरसाइकल र्याली हुनेछ । त्यसपछि फागुन १९ गते नेपालगन्ज, २१ गते काठमाडौँ, २४ गते वीरगन्ज र २६ गते सुर्खेतमा र्याली निकाल्न लागिएको छ ।
हिन्दु राष्ट्र र राजसंस्थाको पुनरस्थापना, प्रदेश खारेजी र भ्रष्टाचार अन्यको माग राखेर कार्यक्रम गर्न लागिएको उनको भनाइ छ ।
पहिलो दिन मंगलबार धनगढीको अत्तरियाबाट दिनको १२ बजे बृहत् मोटरसाइकल र्याली आरम्भ हुनेछ । राष्ट्रिय झन्डामा आयोजना हुने बाइक र्यालीमा राजसंस्था पक्षधर समूह दल, धार्मिक संघ संस्था, प्रदेश तथा भ्रष्टाचार विरोधी राष्ट्रवादीहरूको सहभागिता रहने बताइएको छ ।
राप्रपा कैलाली जिल्ला अध्यक्ष होमबहादुर गुरुङले बताए अनुसार, फागुन १३ गते मंगलबार धनगढीको अत्तरियास्थित दुर्गा लक्ष्मी उच्च माविको ठिक अगाडि भेला भएर मोटरसाइकल र्याली आरम्भ हुनेछ ।
राप्रपाले चैतमा काठमाडौँ केन्द्रित आन्दोलनको घोषणा गरेको छ । सोही निर्णायक आन्दोलनको तयारीको रूपमा सात प्रदेशका सात प्रमुख सहरहरूमा मोटरसाइकल र्याली आयोजना गरिएको हो ।
यस्तै राप्रपाले प्रदेशस्तरीय आमसभाहरू समेत गरिरहेको छ। फागुन ९ गते पोखरामा आमसभा गरेको राप्रपाले १३ गते बुटवलमा गर्दैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस नफुटाउन स्थानीय तहका जनप्रतिनिधिको दबाब, तस्बिरहरू
-
विश्वविद्यालयमा उपकुलपतिले पदाधिकारी नियुक्त गर्ने
-
भारत सरकार र सीजेपीबिच वार्ता, आन्दोलन भने जारी रहने
-
हर्मुज जलमार्गमा फसेका ६ हजार नाविक उद्धारका लागि राष्ट्रसङ्घको आह्वान
-
सिलिण्डर विष्फोट हुँदा एक जनाको मृत्यु, एक जना गम्भीर घाइते
-
निहारिका राजपुत र बिनु यादव हाजिरी जमानीमा रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण