फिल्म ‘आउटलः दफा २१९’ले 'र्याप प्रतियोगिता' गर्ने
काठमाडौँ । फागुन २९ गतेबाट रिलिजमा आउन लागेको फिल्म हो ‘आउटलः दफा २१९’ । फिल्म यतिबेला प्रचारप्रसारमा छ । यस्तैमा निर्माण युनिटले फिल्मको तर्फबाट 'र्याप प्रतियोगिता' आयोजना गरेको छ ।
फिल्मको 'र्याप प्रतियोगिता'मा सहभागी हुन चाहनेले ‘न्याय’ शीर्षकमा र्याप गीत तयार पारेर पठाउन सक्नेछन् । प्रतिस्पर्धीले गीत लेखेर त्यसलाई रेकर्ड गराएर भिडियो पठाउन सक्ने निर्माण टिमले बताएको छ । प्रतिस्पर्धीले पठाएको भिडियो फिल्मको सामाजिक सञ्जालमा एकाउन्टमा पोस्ट गरिनेछ । सर्वाधिक धेरै लाइक र भ्यूज प्राप्त गर्न सफल प्रतिस्पर्धीले पुरस्कार प्राप्त गर्ने निर्माणपक्षले बताएको छ । फागुनको २३ गतेसम्म गीतको भिडियो तयार पारेर पठाउनुपर्नेछ ।
स्याडो पिक्चर्स र रिट्रो फिल्मस्को प्रस्तुतिमा बनेको यो फिल्मले ‘न्याय’को कथा बोल्ने भएकाले गर्दा नै यही शीर्षकमा प्रतियोगिता आयोजना गरिएको फिल्मका निर्माता अमित अग्रहरिले जानकारी दिए ।
विक्की महर्जनको लेखन तथा निर्देशनमा तयार भएको फिल्ममा विनोद कठायत कार्यकारी निर्माता, विकास चौधरी सह–निर्माताको रूपमा छन् ।
फिल्ममा साहिल खानको सम्पादन, चुल्ठे काजीको एक्सन, नवीन गुरुङको छायांकन छ । यो फिल्ममा सुशील श्रेष्ठ, नरेश पौडेल, शिक्षा संग्रौला, सुमन भण्डारी, हेम गुरुङ, सोनी लागुन, विशाल पहारी लगायतका कलाकारहरूको अभिनय छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाका यी हुन् २८ वटा विभाग (सूचीसहित)
-
ट्रम्पको पोस्टरमा ढुंगा हान्दै निस्कियो खामेनीको अन्त्येष्टिमा विशाल शवयात्रा
-
श्रीलंकाको जेलमा झडप, कम्तीमा २० जनाको मृत्यु
-
इंग्ल्यान्डका प्रशिक्षकले भनेः गतिला भएनन् विश्वकपका रेफ्री
-
अपमानित गरेको भिडिओ सार्वजनिक भएपछि बालिकाद्वारा आत्महत्या
-
हात्ती प्रभावित क्षेत्रको अवस्था बुझ्न गृहमन्त्री गुरुङ झापामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण