भारतको किट विश्वविद्यालयबाट फर्केका विद्यार्थी त्रिविमा भर्ना हुन सक्ने
काठमाडौँ । भारतको उडिसा राज्यको भुवनेश्वरस्थित किट विश्वविद्यालयबाट फर्केका विद्यार्थी त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा भर्ना हुन सक्ने भएका छन् ।
त्रिविले एक विज्ञप्ति जारी गर्दै त्यहाँ श्रृजना भएको समस्याको कारणले स्वदेश फिर्ता हुन बाध्य भएका नेपाली विद्यार्थीहरूले त्रिविमा सञ्चालित कार्यक्रम र विषयमा अध्ययन गर्न चाहेमा क्रेडिट ट्रान्सफर नीति अनुरुप भर्ना हुन सक्ने स्पष्ट पारेको हो।
त्रिभुवन विश्वविद्यालय, शिक्षाध्यक्षको कार्यालयले मंगलबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'भारतको उडिसा राज्यको भुवनेश्वर स्थित किटमा सृजना भएको समस्याको कारणले स्वदेश फिर्ता हुन बाध्य भएका नेपाली विद्यार्थीहरूले त्रिविमा सञ्चालित कार्यक्रम र विषयमा अध्ययन गर्न चाहेमा त्रिविको क्रेडिट ट्रान्सफर नीति अनुरूप भर्ना गर्न सकिने बेहोरा सम्बन्धित सबैका लागि जानकारी गराइन्छ ।'
इच्छुक विद्यार्थी एवम् अभिभावकहरूले [email protected] मार्फत सम्पर्क गर्न सक्ने विज्ञप्तिमा उल्लेख छ ।
नेपाली विद्यार्थी प्रकृति लम्सालको किटमा मृत्यु भएसँगै त्यहाँ आन्दोलन हुँदा कलेज प्रशासनले नेपाली विद्यार्थीलाई निकालेको थियो । पछि विश्वविद्यालयले क्षमायाचना गरेपनि कतिपय नेपाली विद्यार्थी अहिलेसम्म कलेज फर्किएका छैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आजदेखि ४०५ स्थानीय तहमा जग्गाको कित्ताकाट रोकियो
-
आजदेखि ८ बैंकले घटाए ब्याजदर, कुन बैंकले कति दिन्छन् ? (सूचीसहित)
-
यस्तो छ आजदेखि कार्यान्वयन भएको सरकारको नयाँ कर नीति
-
पहिरो पन्छाइएपछि पृथ्वी राजमार्ग सञ्चालनमा
-
निजी अस्पतालमा उपचार गर्न जाँदा आजदेखि ३ प्रतिशत महँगो
-
विश्वका उत्कृष्ट ५ 'अन-टाइम पर्फर्मेन्स' विमान कम्पनीको सूचीमा एअर इन्डिया
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण