गुजरातलाई हराउँदै दिल्ली शीर्ष स्थानमा
बैंगलुरु । गुजरात जायन्ट्सलाई हराउँदै दिल्ली क्यापिटल्स महिला प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ । मंगलबार राति भएको खेलमा दिल्लीले ६ विकेटको सहज जित हात पारेको हो ।
गुजरातले प्रस्तुत गरेको १ सय २८ रनको लक्ष्य दिल्लीले २९ बल बाँकी छँदै मात्र ४ विकेटको क्षतिमा पछ्यायो । टोलीका लागि जेस जोनसेनले ६१ रनको शानदार इनिङ्स खेलिन् । उनले मात्र ३२ बलमा ९ चौका र २ छक्का प्रहार गरिन् ।
उनलाई शेफाली वर्माले ४४ रन बनाउँदै राम्रो साथ दिइन् । वर्माले २७ बलमा ५ चौका र ३ छक्का हिर्काइन् । गुजरातका लागि केशवी गौतमले २ तथा एस्ले गार्डनर र तनुजा कँवरले १–१ विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २७ रन बनाएको थियो । टोलीका लागि भारती फुलामीले नटआउट रहँदै ४० रन जोडिन् । उनले २९ बलमा ४ चौका र २ छक्का प्रहार गरिन् ।
डियन्ड्रा डोटिनले २६ रन, तनुजा कँवरले १६ रन तथा बेथ मुनीले १० रन जोड्नुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
दिल्लीका लागि शिखा पाण्डे, मारिजेन काप र एनाबेल सदरल्याण्डले २–२ विकेट लिए । टिटास साधु र जेस जोनासेनले १–१ विकेट हात पारे ।
५ खेलपछि दिल्लीको ६ अंक रहेको छ । टोली हाल अंक तालिकामा शीर्ष स्थानमा रहेको छ । ४ खेलपछि मात्र २ अंक बटुलेको गुजरात पुछारमा रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालकृष्ण खाणलाई २ वर्ष कैद र २० हजार जरिवाना
-
टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिवाना
-
नक्कली भुटानी शरणार्थी प्रकरण : कसुरदारहरूलाई सजाय ताेकियाे, कसलाई कति सजाय ?
-
धितोपत्र बोर्ड नीति तथा कार्यक्रम : फिन्फ्लुएन्सरमाथि निगरानी, कारोबार शुल्क घटाउने घोषणा
-
कर्मचारीलाई गाडी किन्न ६० लाखसम्म ऋणमा ब्याज अनुदान दिन प्रस्ताव
-
मनसुनमा सडक सुचारु राख्न विशेष कार्ययोजनाः देशैभर हेभी उपकरण तैनाथ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण