एकै परिवारका पाँच जना सरकारी सेवामा
सर्लाही । नेपालमा सरकारी सेवामा प्रवेश गर्नु लाखौँ युवाको सपना हुने गरेको छ । यद्यपि केहीले मात्र यस्तो अवसर पाउँछन् ।
सर्लाही जिल्लाको गोडैता नगरपालिका–८ निवासी विजय कान्त दास र सविता देवी दासको परिवारमा भने पाँच जना सदस्य सरकारी सेवामा छन् । यो दम्पतीका पाँच छोरा सरकारी सेवामा कार्यरत छन् ।
विजय कान्त दास लामो समयदेखि शिक्षा क्षेत्रमा समर्पित छन् । उनी हाल सर्लाहीको गोडैता नगरपालिका–४, रोहुवा स्थित जगन्नाथ राजकुमारी आधारभूत विद्यालयमा स्थायी शिक्षकको रूपमा कार्यरत छन् ।
शिक्षालाई जीवनको प्रमुख आधार मान्ने दासले आफ्ना छोराहरूलाई सानैदेखि अध्ययनमा प्रेरित गरे । कठिन परिस्थितिका बाबजुद शिक्षा नै भविष्यको आधार हो भन्ने सोच राख्दै उनले आफ्ना पाँचै छोरालाई मेहनत गर्न प्रोत्साहित गरे ।
पाँचै छोरा सरकारी सेवामा रहेकाले अहिले गाउँमा आफ्नो प्रतिष्ठा बढेको दास बताउँछन् ।
दास परिवारका जेठा छोरा धनञ्जय प्रसाद दास २०६८ मा खरीदार पदबाट सरकारी सेवा प्रवेश गरेका थिए । उनले २०७१ मा नायब सुब्बा पदमा पदोन्नति पाए । निरन्तर परिश्रम र अध्ययनको बलमा २०८० मा उनी शाखा अधिकृत पदमा पुग्न सफल भए ।
माइलो छोरा अनन्जय प्रसाद दासले २०७३ मा खरीदार पदमा सेवा प्रवेश गरेका थिए । उनी २०७९ मा नायब सुब्बा पदमा बढुवा भए ।
साहिँलो छोरा निरञ्जन प्रसाद दासले २०७९ मा बागमती प्रदेश प्रशासनतर्फ चौथो तहबाट सरकारी सेवामा प्रवेश गरेका थिए । उनी २०८१ मा मधेस प्रदेश सरकारअन्तर्गत लेखापाल (पाँचौँ तह) मा पदस्थापन भएका छन् ।
काहिँलो छोरा अमित प्रसाद दास २०८० मा नेपाल विद्युत प्राधिकरणको चौथो तह सहायक लेखापाल पदमा प्रवेश पाए ।
कान्छा छोरा रौशन प्रसाद दासले २०८१ मा खरीदार पदबाट सरकारी सेवामा प्रवेश पाएका छन् ।
सरकारी सेवामा प्रवेश गर्नका लागि प्रतिस्पर्धा दिन प्रतिदिन बढ्दो छ । लगनशीलता, अनुशासन, सही रणनीति र कडा मेहनत गरे सफल भइन्छ भन्ने कुरा दास परिवारले प्रमाणित गरिदिएको छ ।
सरोज यादवबाट
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस नफुटाउन स्थानीय तहका जनप्रतिनिधिको दबाब, तस्बिरहरू
-
विश्वविद्यालयमा उपकुलपतिले पदाधिकारी नियुक्त गर्ने
-
भारत सरकार र सीजेपीबिच वार्ता, आन्दोलन भने जारी रहने
-
हर्मुज जलमार्गमा फसेका ६ हजार नाविक उद्धारका लागि राष्ट्रसङ्घको आह्वान
-
सिलिण्डर विष्फोट हुँदा एक जनाको मृत्यु, एक जना गम्भीर घाइते
-
निहारिका राजपुत र बिनु यादव हाजिरी जमानीमा रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण