नेप्सेको सीईओका लागि आवेदन खुला

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा आवेदन माग गरेको छ । बुधबार सार्वजनिक सूचना जारी गर्दै नेप्सेमा प्रमुख कार्यकारी अधिकृत पदको लागि आवेदन माग गरेको हो ।
नेप्सेको रिक्त रहेको प्रमुख कार्यकारी अधिकृत पदमा खुला प्रतिस्पर्धाद्वारा पदपूर्ति गर्न लागेको छ । उक्त पदको लागि इच्छुक नेपाली नागरिकहरुबाट आवेदन माग गरिएको छ ।
आवेदन दिनको लागि इच्छुक नेपाली नागरिकले अर्थशास्त्र, वाणिज्यशास्त्र, वित्तशास्त्र, व्यवस्थापन सूचना प्रविधि वा वाणिज्य वा कानुन विषयमा मान्यताप्राप्त शिक्षण संस्थाबाट कम्तीमा स्नातकोत्तर वा चार्टर्ड एकाउण्टेन्सी गरेको हुनुपर्ने छ। उमेर हद ३० वर्ष उमेर पूरा भई ६५ वर्ष उमेर ननाघेको हुनुपर्नेछ । इच्छुकले फागुन १८ गतेभित्र आवेदन दिनु पर्नेछ भने आवेदन दस्तुर सात हजार पाँच सय रुपैयाँ लाग्नेछ ।
पुँजी बजार वा वित्तीय क्षेत्र वा व्यवस्थापन सम्बन्धी कार्यमा कम्तीमा ७ वर्ष उच्च व्यवस्थापकीय तहमा काम गरेको अनुभवसहित कम्तीमा १५ वर्षको कार्य अनुभव भएका व्यक्तिले आवेदन दिन सक्ने सूचनामा उल्लेख छ । भ्रष्टाचार, सम्पत्ति शुद्धीकरण, मानव बेचविखन, लागू औषध कारोवार, पुरातात्विक वस्तु वा संरक्षित वन्यजन्तु सम्बन्धी कसूर वा नैतिक पतन देखिने अन्य फौजदारी कसुरमा सजाय पाएको व्यक्तिहरूले सीइओको लागि योग्य नहुने उल्लेख गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रपति ट्रम्पमाथि विश्वास राख्नुस्: ह्वाइट हाउस प्रेस सचिव क्यारोलिन
-
इरान–इजरायल युद्धमा अमेरिका सहभागी हुने नहुने दुई सातामा निर्णय गर्दै ट्रम्प
-
१२ बजे १२ समाचार: नेदरल्यान्ड्समाथि नेपालको रोमाञ्चक जित, सर्वोच्चले एनआरएनएको आफ्नै फैसला पुनरवलोकन गर्ने
-
नेपालको सिरिज जित्ने सम्भावना बलियो *
-
त्रिकोणात्मक टी–ट्वान्टी आई सिरिजः नेदरल्यान्ड्समाथि नेपालको रोमाञ्चक जित
-
इरानले ‘ठूलो मूल्य चुकाउनु पर्ने’ नेतन्याहूको चेतावनी