खगेन्द्र र वर्षाको फिल्म ‘हर्ष’ को शुभमूहूर्त
काठमाडौंँ । फिल्म ‘हर्ष’ को शुभमूहूर्त गरिएको छ । शिवरात्रिको अवसर पारेर काठमाडौँको ठमेलस्थित त्रिदेवी मन्दिरमा फिल्मको शुभमूहूर्त गरिएको हो । मुर्हुतमा फिल्मका कलाकार तथा प्राविधिक पक्षको उपस्थिति रहेको थियो ।
यहि १७ गतेबाट फ्लोरमा जाने फिल्म एकता पौडेलले निर्देशन गर्न लागेकी हुन् । फिल्ममा खगेन्द्र लामिछाने, वर्षा राउत, सन्तोष पन्त, शर्मिला मल्ल, माओत्से गुरुङ, विशाल पहाडी, निमा पाण्डे, सुवर्ण थापा, श्रृष्टि महर्जन तथा संगीता नापित लगायतका कलाकारको अभिनय रहनेछ ।
एकता पौडेल दिवंगत निर्देशक शिव रेग्मीकी भान्जी हुन् भने उनले न्यूयोर्क फिल्म एकेडेमीमा फिल्म अध्ययन गरेकी छन् । पारिवारिक सामाजिक कथामा बन्न लागेको फिल्मको कथा स्वयं निर्देशक पौडेलले लेखेकी हुन् । आलोक शुक्लाको छायाङ्कन, वसन्त सापकोटा तथा एलिस कार्कीको संगीत रहने फिल्ममा सुनील क्षेत्रीको कोरियोग्राफी रहनेछ ।
कुलदिप शर्मा मुख्य सहायक निर्देशक तथा इश्वर घिमिरे निर्माण नियन्त्रक रहेको फिल्म ई–प्राइम मुभिज र अष्टलक्ष्मी प्रोडक्सन ब्यानरमा बन्नेछ । प्रशन्न पौडेल र विकास पौडेल (चितवन) फिल्मका निर्माता हुन् भने कार्यकारी निर्मातामा हिक्मत चोखल (चितवन) रहेका छन् । फिल्म २०८२ सालमा रिलिज हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण