उडिरहेको विमानमा एक यात्रीको मृत्यु, शवसँगै चार घण्टा बसेका अर्का यात्री के भन्छन् ?
काठमाडौँ । उडिरहेको विमानमा अचानक कुनै यात्रीको मृत्यु भएको खण्डमा के गरिन्छ भन्नेबारे धेरैलाई जानकारी नहुन सक्छ । यस्तो अनुभव भोग्नु नपरोस् भन्दाभन्दै पनि कहिलेकाहीँ झेल्नुपर्ने हुन सक्छ ।
हालै मेलबर्नबाट दोहातर्फ जाँदै गरेको कतार एयरवेजको उडानमा एक महिला यात्रीको स्वास्थ्य अवस्था अचानक बिग्रियो । चालक दलका सदस्यले विभिन्न प्रयत्न गर्दा पनि ती महिलालाई बचाउन सकेनन् ।
उडानकै क्रममा ती महिला यात्रीको मृत्यु भएपछि शवलाई बिजनेस क्लासतर्फ लैजान चालक दलका सदस्यले प्रयास गरे । साँघुरो बाटो र शवको वजन बढी भएका कारण यो प्रयास सफल हुन सकेन ।
सोही विमानमा सवार मिशेल रिङ्ग र जेनिफर कोलिन बसेकै छेउमा दुई सिट खाली थिए । चालक दलका सदस्यले उनीहरूलाई खाली सिटमा पठाएर उनीहरू बस्दै आएको सिटमा शव राखिदिए ।
त्यसपछि चार घण्टासम्म शवका साथ आफूहरूले विमानमा यात्रा गर्नु परेको रिङ्गले बताए । यो आफ्नो जीवनकै सबैभन्दा खराब अनुभव रहेको उनको भनाइ थियो ।
कतार एयरवेजले उडानका क्रममा निधन भएका यात्रुका परिवारप्रति आफ्नो समवेदना रहेको जनाएको छ । उक्त घटनाबाट भएको असुविधाप्रति खेद प्रकट गरेको पनि एयरवेजले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामान किन्दा बिल लिने ग्राहकलाई सरकारी चिठ्ठा : दैनिक १ लाख ३३ हजार र पाक्षिक १० लाखसम्म उपहार जित्ने अवसर (कार्यविधिसहित)
-
वर्षा र पहिरोका कारण मुख्य राजमार्गहरू प्रभावित, कहाँको अवस्था कस्तो छ?
-
अपराधसँग सम्बन्धित ७७ मुद्दा फछ्र्योट
-
कोशीमा सत्ता परिवर्तनको खेल : एमाले र नेकपाका नेता काठमाडौँ केन्द्रित
-
चितवनमा सवारी दुर्घटनामा आयाे कमी
-
स्पेन फेरि फिफा वरीयताको शीर्ष स्थानमा, मोरक्को इतिहासकै उच्च स्थानमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण