ठेक्काको अवधि सकिएपछि कालोपत्र गर्न थालियो
म्याग्दी । म्याग्दीको प्रवेशद्वारमा रहेको बेनी नगरपालिका–८ कालिपुल बसपार्क क्षेत्रमा ठेक्का अवधि सकिएपछि सडक कालोपत्रको काम सुरु भएको छ ।
चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर सडक, बेनी–जोमसोम–कोरला सडक योजनाले पर्वत हुँदै म्याग्दी प्रवेश गर्ने मोटरेबल पुलदेखि बगरफाँट जोड्ने झोलुङ्गेसम्म पाँच सय मिटर दूरीमा अक्सफाल्ट प्रविधिको कालोपत्र गर्न थालिएको आयोजनाका इञ्जिनियर विष्णु चापागाईँले बताए ।
“उक्त सडक कालोपत्र गर्न २०८१ भदौ १४ गते बेनीको निर्माण कम्पनीले रु ९२ लाख ४१ हजारमा ठेक्का सम्झौता गरेको थियो”, उनले भने, “माघ मसान्तमा ठेक्का सम्झौताको अवधि सकिएपछि फागुन १ गतेदेखि लागू हुनेगरी कुल रकमको दैनिक ०.०५ प्रतिशतका दरले निर्माण कम्पनीलाई हर्जना तिराइएको आयोजनाले जनाएको छ ।”
बेनी नगरपालिका–८ का वडाध्यक्ष उत्तमकुमार कर्माचार्यले जनप्रतिनिधि र स्थानीवासीको दबाब, सम्बद्ध निकायले जरिवाना तिराउन थालेपछि निर्माण व्यवसायीले सम्झौता गरेको पाँच महिनापछि कालोपत्र गर्न थालेका बताए ।
यसअघि विसं २०७६ चैतमा गरिएको डिबिएसडी प्रविधिको कालोपत्र उप्किएर खाल्डाखुल्डी पर्ने, पानी जम्ने र धुलो भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यो जित माराडोनाका लागि उपहार हो: लियोनल मेस्सी
-
विश्वकप मैदानमा राजनीति: अर्जेन्टिना विरुद्ध बेलायती मन्त्रीले गरे फिफामा उजुरी
-
पूर्वराष्ट्रपति रहमानको हत्या अभियोगमा ४ दशकदेखि फरार अभियुक्त पक्राउ
-
१० बजे १० समाचार : सम्पत्ति विवरण बुझाउनुपर्नेलाई राहत, एक्लियो एमाले
-
आगामी आर्थिक वर्षभित्र १२ वटा रणनीतिक प्रसारण लाइन सञ्चालनमा ल्याइने
-
पोखरा बसपार्क क्षेत्रका व्यापारिक संरचना हटे, सुकुमबासी व्यवस्थापन प्रक्रिया सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण