ठेक्काको अवधि सकिएपछि कालोपत्र गर्न थालियो

म्याग्दी । म्याग्दीको प्रवेशद्वारमा रहेको बेनी नगरपालिका–८ कालिपुल बसपार्क क्षेत्रमा ठेक्का अवधि सकिएपछि सडक कालोपत्रको काम सुरु भएको छ ।
चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर सडक, बेनी–जोमसोम–कोरला सडक योजनाले पर्वत हुँदै म्याग्दी प्रवेश गर्ने मोटरेबल पुलदेखि बगरफाँट जोड्ने झोलुङ्गेसम्म पाँच सय मिटर दूरीमा अक्सफाल्ट प्रविधिको कालोपत्र गर्न थालिएको आयोजनाका इञ्जिनियर विष्णु चापागाईँले बताए ।
“उक्त सडक कालोपत्र गर्न २०८१ भदौ १४ गते बेनीको निर्माण कम्पनीले रु ९२ लाख ४१ हजारमा ठेक्का सम्झौता गरेको थियो”, उनले भने, “माघ मसान्तमा ठेक्का सम्झौताको अवधि सकिएपछि फागुन १ गतेदेखि लागू हुनेगरी कुल रकमको दैनिक ०.०५ प्रतिशतका दरले निर्माण कम्पनीलाई हर्जना तिराइएको आयोजनाले जनाएको छ ।”
बेनी नगरपालिका–८ का वडाध्यक्ष उत्तमकुमार कर्माचार्यले जनप्रतिनिधि र स्थानीवासीको दबाब, सम्बद्ध निकायले जरिवाना तिराउन थालेपछि निर्माण व्यवसायीले सम्झौता गरेको पाँच महिनापछि कालोपत्र गर्न थालेका बताए ।
यसअघि विसं २०७६ चैतमा गरिएको डिबिएसडी प्रविधिको कालोपत्र उप्किएर खाल्डाखुल्डी पर्ने, पानी जम्ने र धुलो भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्रीद्वारा मधेश प्रदेशका ६४ सडकको एकसाथ शिलान्यास
-
दीपशिखाको आग्रह- नारायणहिटीका भूतलाई लखेट्न एकजुट हौँ
-
कांग्रेस सबै दलको साझा धारणा बनाउने प्रयासको अग्रसरता लिन तयार छ : देउवा
-
जनमोर्चाले भन्यो : सरकारले बजेटमार्फत पुँजी पलायनलाई वैधानिकता दियो
-
मंगलबार संघीय निजामती सेवा विधेयक पेस गर्ने तयारी
-
कमल थापा पक्राउ पछि राजेन्द्र लिङ्देनले भने– रिहा नगरे आन्दोलन थप सशक्त बनाउँछौँ