एप स्टोरबाट एप्पलले हटायो १ लाख ३५ हजार एप
ब्रसेल्स । विश्वभर बढ्दो अनलाइन ठगीलाई ध्यानमा राख्दै एप्पलले आफ्नो एप स्टोरबाट कयौं एप हटाएको छ । आइफोन प्रयोगकर्ता हुनुहुन्छ भने तपाईंको लागि यो महत्त्वपूर्ण खबर हुनसक्छ ।
एप्पलले आफ्नो एप स्टोरबाट एक वा दुई होइन, पूरै १ लाख ३५ हजार एप हटाएको छ । एप स्टोरलाई अझ पारदर्शी बनाउन कम्पनीले यो कदम चालेको हो । एप्पलले एप विकासकर्ताहरूलाई आफ्नो ट्रेडर जानकारी पेश गर्न फेब्रुअरी १७ सम्मको समय दिएको थियो तर लाखौं एप त्यसो गर्न असफल भए ।
त्यसपछि कम्पनीले युरोपेली संघको नियम पालना गर्दै केही दिनमै आफ्नो एप स्टोरबाट लगभग १ लाख ३५ हजार एपलाई प्रतिबन्ध गरिदियो । युरोपेली संघ (ईयूू) को नियमअनुसार एप विकासकर्ताहरूले आफ्नो व्यवसायिक स्थिति खुलाउनुपर्ने हुन्छ ।
यसको अर्थ एप स्टोरमा सूचीकृत भएका कुनै पनि एपको लागि विकासकर्ताहरूले आफ्नो ठेगाना, इमेल आईडी र फोन नम्बर जस्ता आवश्यक जानकारी दिनु पर्छ । त्यसो गरेनन् भने, ‘उनीहरूलाई एप स्टोरमा प्रतिबन्ध लगाइनेछ । यही नियम अन्तर्गत, एप्पलले आफ्नो एप स्टोरबाट १ लाख ३५ हजार एपमाथि प्रतिबन्ध लगाएको हो ।’
ईयूको नयाँ नियम
युरोपमा अनलाइन प्लेटफर्महरूका लागि डिजिटल सेवा ऐन लागू गरेको छ । यसलाई २०२३ मा अस्थायी रूपमा लागू गरिएको थियो । तर यही फेब्र्रुअरी १७ देखि भने यो पूर्ण रूपमा लागू भएको छ । यो समय सीमाका कारण एप विकासकर्ताहरूलाई फेब्रुअरी १७ सम्ममा निर्देशनहरू पालना गर्न भनिएको थियो ।
एप डेभलपरहरूले आवश्यक व्यावसायिक जानकारी प्रदान नगरेसम्म एप स्टोरमा प्रतिबन्धित रहने कम्पनीले बताएको छ । एप स्टोर सुरु भएदेखि नै यो एप्पलले चालेको अहिलेसम्मकै सबैभन्दा ठूलो कदम हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परम्परागत नेतृत्वको ‘कम्फर्ट जोन’ र पुराना मानक बदल्न विज्ञहरूको जोड
-
यी ६ सहकारीलाई कार्यालय खाली गर्न महानगरको १५ दिने म्याद
-
कंगोमा विद्रोहीको आक्रमणमा ३० जनाभन्दा बढीको मृत्यु, इबोला नियन्त्रण अभियान प्रभावित
-
विपद्ले निम्त्याउँदैछ अर्बौंको क्षति, तर पूर्वतयारीमा सरकारको बेवास्ता
-
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सदस्य स्वार्थ बाझिने बैठकमा सहभागी हुन नपाउने
-
एमालेको २ दिने कार्यशाला : ओलीले उद्घाटन गरे, शंकरले गर्दैछन् समापन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण