पहिरो पन्छाएपछि भोटखोला जाने सडक सञ्चालन

सङ्खुवासभा । सुक्खा पहिरो खसेर अवरुद्ध जिल्लाको उत्तरी क्षेत्र भोटखोला सडक दुई दिनपछि सञ्चालनमा आएको छ । कोशी राजमार्गअन्तर्गत खाँदबारी–किमाथाङ्का सडक खण्डको भोटखोलामा पहिरोका कारण गत सोमबार बिहानदेखि सडक अवरुद्ध भएको थियो ।
भोटखोला गाउँपालिकाको हटिया र हुङगुङ बीचको पहिरो पन्छाएपछि सडक सञ्चालनमा आएको उत्तर दक्षिण कोशी सडक आयोजनाका सूचना अधिकारी नरेश जिरेलले बताए । उक्त सडक खण्डमा १५ मिटर माथिबाट ठूलाठूला ढुङ्गासहित सुक्खा पहिरो खसेको थियो ।
यस सडक खण्डमा सुक्खा पहिरोले बेलाबेला सडक अवरुद्ध हुने गरेको छ । च्याम्ताङसम्म ट्र्याक खुले पनि खाँदबारीबाट बरुण दोभानसम्म हिउँदमा मात्रै गाडी चल्ने गरेको छ । खाँदबारी–किमाथाङ्का एक सय ६२ किलोमिटरमध्ये १० किलोमिटर ट्र्याक खोल्ने जिम्मा नेपाली सेनाले पाएको थियो ।
यो सडक छिमेकी देश चीन–भारत जोड्ने सबैभन्दा छोटो सडक हो । सो सडकले कोशी प्रदेशसहित धनकुटा, तेह्रथुम, सङ्खुवासभा र भोजपुरवासी प्रत्यक्ष लाभान्वित हुनेछन् । राष्ट्रिय गौरवको खाँदबारी– किमाथाङ्का सडक आयोजनामा हालसम्म रु ५३ करोड बढी खर्च भइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोहित शर्मालाई पछ्याउँदै टेस्ट क्रिकेटबाट विराट कोहलीको पनि सन्न्यास
-
ठिमीमा जेसुम यात्रा : संस्कृति र सम्पदा उजागर गर्ने प्रयास
-
जडीबुटी चोकदेखि पेप्सीकोलासम्म सडक सीमा क्षेत्रका अनधिकृत संरचना हटाउन निर्देशन
-
सचिवहरू र मुख्यसचिवसमेतको दबाबले अवकाशको उमेर कार्यान्वयन विधिमा विवाद
-
संसद भवन निर्माणको म्याद पाँचौँ पटक थपिँदै, राज्यलाई ६० करोड व्ययभार
-
भावी नेतृत्व जोडिएपछि सशस्त्रको एआईजी बढुवा पेचिलो