‘बाहिनीपति कप–२०८१’ को उपाधि इलामलाई
धरान । बाहिनीपति कप–२०८१ को उपाधि सशस्त्र प्रहरीबल नेपाल नं १ गण इलामले जितेको छ । सशस्त्र प्रहरीबल नेपाल नं १ बराह बाहिनी मुख्यालय सुनसरीले आयोजना गरेको उक्त प्रतियोगिताको आज भएको फाइनलमा इलामले सात स्वर्ण, एक रजत, छ कास्य जित्न सफल भएको छ ।
यही फागुन ११ गतेदेखि सुरु भएको खेल आज सम्पन्न भएको हो । प्रतियोगितामा फुटबल ,भलिबल, एथलेटिक्स, टेबलटेनिस, सटपुट, ब्याडमिन्टनलगायत खेलहरु सञ्चालन भएका थिए ।
प्रतियोगितामा सात गण र नौ गुल्मका खेलाडीको सहभागिता थियो । प्रतियोगितामा सामूहिक तथा एकल विधातर्फ गरी तीन सय २० खेलाडी सहभागी रहेको सशस्त्र प्रहरीबल नेपाल नं १ बराह बाहिनी मुख्यालय सुनसरीले जनाएको छ ।
पुरस्कार वितरण समारोहमा सशस्त्र प्रहरी नायब महानिरीक्षक शम्भु सुवेदीले खेलकुदका माध्यमबाट राष्ट्रको गौरव, शान र पहिचान स्थापित गर्न सकिने बताए । उनले भने, ‘खेलका माध्यमबाट सामूहिक भावनाको विकास गराउने र आफूसँग भएका क्षमताहरुलाई उजागर गर्नका साथै त्यसबाट व्यक्तित्व विकासको अवसर प्राप्त गर्न सकिन्छ ।’
बाहिनिपति कप २०८१ का विजेता टिम तथा खेलाडीहरुलाई विभिन्न गणका गणपतिहरुले ट्रफी, मेडल र प्रमाणपत्र वितरण गरे । समारोहमा सशस्त्र प्रहरी बल नेपाल नं ४ गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक निर्मल थापा, सशस्त्र प्रहरी बल नेपाल नं १ गण इलामका सशस्त्र प्रहरी उपरीक्षक लोकेन्द्र सुवेदी, सशस्त्र प्रहरी बल नेपाल नं २ गणका प्रमुख तुला भण्डारीलगायत गण र गुल्मका गणपतिहरुको उपस्थिति रहेको थियो ।
बराह बाहिनी मुख्यालयका नायब महानिरीक्षक शम्भु सुवेदीले विजेता टिम सशस्त्र प्रहरी बल नेपाल नं १ गण इलामलाई ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आजदेखि ४०५ स्थानीय तहमा जग्गाको कित्ताकाट रोकियो
-
आजदेखि ८ बैंकले घटाए ब्याजदर, कुन बैंकले कति दिन्छन् ? (सूचीसहित)
-
यस्तो छ आजदेखि कार्यान्वयन भएको सरकारको नयाँ कर नीति
-
पहिरो पन्छाइएपछि पृथ्वी राजमार्ग सञ्चालनमा
-
निजी अस्पतालमा उपचार गर्न जाँदा आजदेखि ३ प्रतिशत महँगो
-
विश्वका उत्कृष्ट ५ 'अन-टाइम पर्फर्मेन्स' विमान कम्पनीको सूचीमा एअर इन्डिया
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण