उत्तर कोरियाले रुसलाई सघाउन थप सेना पठाएको दाबी
सियोल । दक्षिण कोरियाको जासुसी एजेन्सीले उत्तर कोरियाले रुस–युक्रेन मोर्चामा तैनाथ आफ्ना सैनिकहरूको ठूलो क्षति भएपछि रुसमा थप सेना पठाएको दाबी गरेको छ ।
राष्ट्रिय गुप्तचर सेवा (एनआइएस) ले एक संक्षिप्त विज्ञप्तिमा उत्तर कोरियाले रुसमा कति सैनिक तैनाथ गरेको छ भनेर यकिन गर्ने प्रयास गरिरहेको बुधबार बताएको हो ।
यस क्षेत्रबाट अस्थायी रूपमा फिर्ता भएको रिपोर्टपछि फेब्रुअरीको पहिलो हप्तामा उत्तर कोरियाली सेनालाई रुसको कुर्स्क क्षेत्रका मोर्चाहरूमा पुनः तैनाथ गरिएको एनआइएसले अनुमान गरेको छ ।
युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले फेब्रुअरी ७ मा एक सम्बोधनमा कुर्स्कमा नयाँ युक्रेनी आक्रमणको पुष्टि गर्दै उत्तर कोरियाली सेनाहरू त्यहाँ रूसी सेनाका साथमा लडिरहेको बताएका थिए ।
अमेरिकी, दक्षिण कोरियाली र युक्रेनी गुप्तचर अधिकारीहरूका अनुसार उत्तर कोरियाले रूसलाई ठूलो मात्रामा परम्परागत हतियारहरू आपूर्ति गरिरहेको छ र गत शरदमा यसले रूसमा लगभग १० हजारदेखि १२ हजार सैनिक पठाएको थियो ।
उत्तर कोरियाली सैनिकहरू अत्यधिक अनुशासित र राम्ररी प्रशिक्षित छन् तर पर्यवेक्षकहरूका अनुसार उनीहरू युद्ध अनुभवको कमी र भूभागको अपरिचितताका कारण रूस–युक्रेन युद्ध क्षेत्रमा ड्रोन र तोपखाना आक्रमणका लागि सजिलो लक्ष्य बनेका छन् ।
जनवरीमा एनआइएसले करिब तीन सय उत्तर कोरियाली सैनिकको मृत्यु भएको र अन्य दुई हजार सात सय घाइते भएको बताएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानमा अमेरिकी आक्रमण, ४ जनाको मृत्यु
-
फ्रान्समा १५ वर्ष मुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध
-
विवेक मण्डलका परिवारलाई गगन थापाद्वारा १ लाख सहयोग
-
सुनचाँदीको मूल्य घट्यो : कतिमा हुँदैछ कारोबार ?
-
लालसागरमा आक्रमण दोहोरिए कडा सैन्य सजाय दिने ट्रम्पको चेतावनी
-
विकास आयोजनाका विवाद सल्टाउन 'पूर्वाधार न्यायाधिकरण' को काम अन्तिम चरणमा : मन्त्री गौतम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण