पाथीभरा केबलकार निर्माणविरुद्ध भइरहेको आन्दोलन वार्ताबाटै समाधान गर्नुपर्छ : सांसद खतिवडा
काठमाडौँ । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले पाथीभरा केबलकार निर्माणविरुद्ध भइरहेको आन्दोलन वार्ताबाटै समाधान गर्नुपर्ने बताएका छन् । बिहीबार गृह मन्त्रालयमा आयोजित गृहमन्त्री रमेश लेखक र कोशी प्रदेशका सांसदहरूबिच भएको छलफलपछि न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
सांसद खतिवडाले विकास निर्माणका काम कुनैपनि बहानामा कसैले रोक्न नमिल्ने बताए । स्थानीय तहका जनप्रतिनिधिसँग छलफल गरेर निष्कर्ष निकाल्नु पर्नेमा उनले जोड दिए ।
उनले भने, ‘विकास निर्माणका कामहरू अवरुद्ध गर्न मिल्दैन जोसुकैले होस् । तर त्यहाँका स्थानीय जनताका मागहरू के के छन् स्थानीय लेभलमा सम्बोधन हुनुपर्यो । स्थानीय लेभलका मान्छेलाई बाहिरका मान्छेले उचालेर स्थानीय भन्दा बाहिरका मान्छेको उपस्थिति बढी हुने र राजनीतिकरण गर्ने पद्धतिको विरुद्ध जानुपर्छ चाहे जोसुकै होस् ।’
सांसद खतिवडाले केबुलकार निर्माणको अनुमति २०७५ सालमै दिएको तर अहिले स्थानीय जनताले नभई बाहिरका व्यक्तिहरूले आन्दोलन चर्काएर राजनीतिकरण गर्न खोजेको आरोप लगाए । सबै पार्टीका नेताहरूलाई छलफलका लागि बोलाइएकाले छिट्टै एउटा निष्कर्षमा पुग्ने उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण