महेन्द्र मोरङ क्याम्पसमा भएको कुटपिट घटनामा नेविसंघले छानबिन गर्ने
काठमाडौँ । महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा आज भएको कुटपिटको घटनाबारे नेविसंघले छानबिन गर्ने भएको छ ।
क्याम्पस हाताभित्र नेविसंघ जिल्ला कार्यसमिति मोरङका अध्यक्ष, महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसका स्ववियु अध्यक्ष लगायत स्ववियुका प्रतिनिधिबिच झडप भएको थियो । झडपपछि नेविसंघ अध्यक्ष दुजाङ शेर्पाले एक विज्ञप्ति जारी गर्दै उक्त घटनालाई दुर्भाग्यपूर्ण भनेका छन् ।
नेविसंघको आचारसंहिताले संघको कुनै पनि सदस्यलाई बाहुबलको प्रयोग गर्ने र विद्यार्थी एकताको मर्म विपरीत गतिविधि गर्ने गराउने छुट नदिएको बताए ।
यस प्रकृतिका घटनाले संघको छविमाथि प्रतिकूल असर पार्ने र विद्यार्थी आन्दोलन विरोधी गतिविधिलाई मलजल पुग्ने अध्यक्ष शेर्पाले जारी गरेका विज्ञप्तिमा उल्लेख छ ।
विद्यार्थी आन्दोलनलाई पुनर्जागृत गर्न नेतृत्वदायी भूमिका निर्वाह गर्ने अभिभारा बोकेको नेविसंघलाई अनुशासन हीनता स्वीकार्य हुन नसक्ने जनाए । उक्त घटनाको सत्य तथ्य छानबिन गर्न निष्पक्ष छानबिन समिति गठन गरी घटनामा संलग्न जोसुकैलाई अनुशासनको दायरामा ल्याइने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘डा. केसीसँग छु’ भन्ने शिक्षामन्त्रीकै कार्यशैलीविरूद्ध गाेविन्द केसीकाे २४औँ सत्याग्रह
-
सूर्यवंशीको कीर्तिमानी अर्धशतक, टी-२० मा भारतको हारको शृङ्खला अन्त्य
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण