उत्तर कोरियाले रुसमा पठायो थप सेना
प्योङयाङ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प रुस–युक्रेन युद्ध अन्त्य गर्न लागिपरेका छन् । यसै सन्दर्भमा हालै साउदी अरबमा रुस र अमेरिकाबिच शान्ति वार्ता पनि भएको थियो । उता, उत्तर कोरियाले रुसमा थप सेना पठाएको भन्दै दक्षिण कोरियाको जासूस एजेन्सीले बिहीबार भनेको छ । युक्रेनविरुद्धको रुसको युद्धमा धेरै उत्तर कोरियाली सैनिकहरूको मृत्यु भएपछि यो कदम चालिएको भनिएको छ ।
दक्षिण कोरियाको राष्ट्रिय गुप्तचर सेवा (एनआईएस)ले उत्तर कोरियाले रुसमा कति नयाँ सेना पठाएको छ भनेर पत्ता लगाउने प्रयास भइरहेको बताएको छ । रुसको कुस्र्क क्षेत्रमा ठुलो संख्यामा उत्तर कोरियाली सैनिकहरू मारिएको पनि एनआईएसले बताएको छ । यसपछि, रुसले यहाँबाट उत्तर कोरियाली सेनालाई हटाएको थियो । तर फेब्रुअरीको पहिलो हप्तामा सैनिकहरू फेरि यहाँ तैनाथ भएको भनिएको छ । यसैबिच, युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले फेब्रुअरी ७ मा आफ्नो एउटा सम्बोधनमा कुस्र्कमा युक्रेनमाथि आक्रमण बढिरहेको बताएका थिए । यहाँ उत्तर कोरियाली सैनिकहरू रुसी सेनासँग लडिरहेका छन् ।
पश्चिमी देश, दक्षिण कोरियाली र युक्रेनी गुप्तचर एजेन्सीहरूले पहिले नै उत्तर कोरियाले रुसी सेनालाई समर्थन गर्न आफ्ना १० हजारभन्दा बढी सेना तैनाथ गरेको भनेका थिए । उत्तर कोरियाली सैनिकहरू अत्यधिक अनुशासित र राम्रोसँग प्रशिक्षित भए तापनि, लडाई अनुभव र क्षेत्रको ज्ञानको कमीका कारण उनीहरू आक्रमणको सिकार भएको खबरहरू आएका थिए ।
गत महिना, दक्षिण कोरियाको राष्ट्रिय गुप्तचर सेवाले रुस–युक्रेन युद्धमा लगभग ३०० उत्तर कोरियाली सैनिक मारिएको र २ हजार ७०० जना घाइते भएको बताएको थियो । युक्रेनी राष्ट्रपति जेलेन्स्कीले चाहिँ मारिएका वा घाइते भएका उत्तर कोरियालीहरूको सङ्ख्या ४ हजार भनेका थिए । दक्षिण कोरियाले अब आएर जनवरी र फेब्रुअरीबिच कुस्र्क क्षेत्रमा थप एकदेखि तीन हजार उत्तर कोरियाली सेना तैनाथ गरिएको दाबी गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा
-
पाल्पामा खोलामा हाम फाले पुरुष, सकुशल उद्धार
-
आकासमा काँलो बादल मडारिना साथ त्रसित हुन्छन् ‘ब्रह्मपुरी’का बासिन्दा
-
उच्च र विशेष अदालतको आदेश बदर गर्न माग गर्दै व्यवसायी दीपक भट्ट सर्वोच्च पुगे
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गुनासो सुन्न सुरु
-
बालेन सरकारविरुद्ध चार वाम एक ठाउँमा, प्रचण्डले सुनाए घेराबन्दीको सूत्र !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण